ऊँ जन-जागरण नेपाल शाखा इजरायलको प्रथम बार्षिकोत्सव तथा साधारण सभा हुने |

इजरायल बिसेष

तिनजुरे अनलाइन काठमाडौँ/

ऊँ जन-जागरण नेपाल शाखा इजरायलको प्रथम बार्षिकोत्सव तथा साधारण सभा आउदो  २०१८/४/१३ तारीख़ शुक्रवार साझ इजरायलको तेलअबिब  स्थित   अटो बसको तखाना पछाडी रहेको पार्कमा  बेलुका ५ बजे हुने भएको छ |

जातीय समानता सहितको सामाजिक  एकता  ऊँ कार एकतामा धार्मिक शक्ति स्थापना  आध्यात्मिक चेतना सहित धर्म परिबर्तन मुक्त राष्ट्रिय एकल तथा बिखन्डन वादको प्रतिकार  मौलिकता र सस्कृतिको सम्रक्षण समुन्नत स्वतन्त्र  धर्म सापेक्ष राष्ट्र निर्माणको उदेश्य बोकी बिगत १ वर्ष अघि बाट  ऊँ जन-जागरण नेपाल शाखा इजरायलको स्थापन भएको हो |

पहिलो साधारण सभालाइ भब्य बनाउनको लागि  ओम जन-जागरण इजरायलमा आबद्ध रहनुहुने सम्पूर्ण कार्यसमिति का व्यक्तित्व  साथै   इजरायलमा  रहेका बिभिन्न सघ-सस्था ,सगठन ,धार्मिक ,सामाजिक ,राजनैतिक संघ संस्था  पत्रकार लगायत इजरायलमा कार्यरत सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदि बहिनि हरुमा  उक्त कार्यक्रम सफल बनाउनको लागि  उपस्थितिको लागि हार्दिक अनुरोध  समेत गरेको जानकारी ओम जन-जागरण इजरायलकी महासचिब गौरी माया सुबेदीले तिनजुरे अनलाइन लाइ जानकारी गराउनु भयो |

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− three = 3