चर्चित गायिका मेलिना राईको साथमा इजरायलमा उभौली साकेला साङ्गितिक कार्यक्रम २०२३ मनाईदै !

इजरायल बिसेष

तिनजुरे अनलाइन!

किराँत राई यायोख्खा इजरायलको आयोजनामा मे १२तारीख इजरायलको तेलअभिब स्थित यादखरुचिम १५ मा साझ ७:३०बजे देखी किराँतीहरूको महान चाड उभौली_साकेला येलेदुङ ५०८३ मनाउने तयारी भएको संस्थाका अध्यक्ष दिप कुमार राईले तिनजुरे अनलाइन लाइ जानकारी दीएका छन !

नेपालबाट आमन्त्रित चर्चित नेपाली राष्ट्रिय कलाकार मेलिना राई, साथमा इजरायलमा रहेका स्थानिय कलाकारहरुको साथमा
उभौली साकेला साङगितिक २०२३ भब्य रुपमा मनाउन लागेको हो !

कार्यक्रमलाई सफल बनाउन इजरायलमा स्थापित रहेका संघ-संस्था,संगठन साथै सम्पुर्ण नेपाली हरुमा किराँत राई यायोख्खा इजरायल परिवारले हार्दिक अनुरोध समेत गरेको गरेको छ !

किराँत राई यायोख्खा इजरायलले परदेशमा रहेर पनि भाषा, कला, संस्कृति,को जगेर्नाको निम्ति इ स २०१२ मा स्थापना भई नेपालमा भई परी आउने समस्या लाई सहयोग गर्दै सामाजिक कार्य समेत गर्दै आएको छ !

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =