किराँत याक्थुङ चुम्लुङ इजरायलको पाँचौ बार्षिकोत्सव तथा साधारणसभा सम्पन्न |

इजरायल बिसेष

तिनजुरे अनलाइन डट नेट ,इजरायल /

भाषा कला संस्कृति जगेर्नाको लागि बिगत ५ वर्ष अघि बाट इजरायलमा स्थापना भएको संस्था किराँत याक्थुङ चुम्लुङ इजरायलको पाँचौ बार्षिकोत्सव तथा साधारणसभा गत शुक्रबार इजरायलको  तेल अभिबमा सम्पन्न भएको छ  ।

नेपाली राजदुतावास इजरायलबाट नियोग उपप्रमुख आस्था सुब्बा प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा   एनआरएन इजरायलका अध्यक्ष छिरिङ शेर्पा नेआज महासंघ इजरायलका अध्यक्ष नयन इम्सोङ बिशेष अतिथि रहनु भएको थियो |त्यस्तै इजरायलमा रहेका विभिन्न संघ-संस्था/ संगठनका प्रतिनिधिहरु, इजरायलमा रहेका मिडियाकर्मीहरु लगायत इजरायलमा रहेका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको उपस्थिति कार्यक्रममा रहेको थियो ।

कार्यक्रममा निवर्तमान कोषाध्यक्ष आइन्द्र योङ्याले वार्षिक प्रतिबेदन, महासचिव कुमार आङ्देम्बे अबिले वर्षभरिको कियाचु इजरायलको गतिविधि प्रस्तुत गरेका थिए । कार्यक्रमको उद्घाटन याक्थुङहरुको मौलिक बाजा “के” प्रमुख अतिथी र सभापति “के” च्याब्रुङ बजाएर कार्यक्रमको उद्घाटन गरिएको थियो भने पाँचौ वर्ष पूरा भएको उपलक्ष्यमा केक काटेर वार्षिकोत्सब मनाईएको थियो ।

कार्यक्रममा साधारण सभाले कियाचु इजरायलको निमायली (बिधान -२०१४) संशोधन गरि वर्तमान अध्यक्ष गिता तुम्बाहाङ्फेको अध्यक्षतामा रहेको पुरानै कार्यसमितिलाई पुन अर्को एक वर्षलाई निरन्तरता दिदै एक वर्षे कार्यकाललाई संशोधन गरि कियाचु इजरायलको कार्यसमितिको कार्यकाल २ वर्ष बनाइएको छ।

श्रीमती गिता तुम्बाहाङ्फेको अध्यक्षतामा गठन भएको कार्यसमितिमा प्रथम उपाध्यक्ष जगत कन्दङ्वा, उपाध्यक्षहरु पुर्ण चोङ्बाङ, चन्द्रा चोङ्बाङ, महासचिव कुमार आङ्देम्बे (अबि), सचिव नुमा बखिम, कोषाध्यक्ष कन्चन बखिम, अर्थसचिव राज आङ्देम्बे, सचेतकहरु ममता लिम्बु, बिष्णु इवा, कमला कन्दङ्वा र सदस्यहरुमा क्रमस बषन वनेम, खुमा लिम्बू, माया इम्सोङ, जया चेम्जोङ, नेहा इङ्नाम, शान्ति सेर्मा रहनु भएको  छ ।

कार्यक्रममा उपस्थित सम्पूर्ण संघ संस्थाका व्यक्तित्व मीडियाकर्मी नेपाली दाजु भाइ दिदि बहिनीलाई किराँत याक्थुङ चुम्लुङ इजरायकी अध्यक्ष  गिता तुम्बाहाङ्फेले हार्दिक धन्यबाद ब्यक्त गर्नु भएको छ |

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ sixty three = seventy