नेपाल मगर संघ शाखा इजरायलको नवौं बार्षिकोत्सव तथा पाँचौ अधिबेशन सम्पन्न अध्यक्षमा सुर्य रानामगर चयन !

इजरायल बिसेष

तिनजुरे अनलाइन !
नेपाल मगर संघ शाखा इजरायलको नवौं बार्षिकोत्सव तथा पाँचौ अधिबेशनद्वारा
अध्यक्षमा सुर्य रानामगर चयन भएका छन !

जुलाई १५ शुक्रबार jORDEN PARK KINERET मा क्यापिङ टुर गरि नेपाल मगर संघ शाखा इजरायलको नवौं बार्षिकोत्सव तथा पाँचौ अधिबेशन सम्पन्न गरिएको हो !

निबर्तमान अध्यक्ष मन मास्की मगरको सभापतित्वमा सम्पन्न साधारण सभाले अध्यक्षमा सुर्य रानामगरको नेतृत्वमा ११ सदस्यीय समिती गठन गरेको छ !

नेपाल मगर संघ शाखा इजरायलको पाचौं अधिबेशनबाट सर्बसम्मत रुपमा २०२२-२०२४ कार्यकालका लागि निर्बिरोध निर्वाचित भएका अध्यक्ष सुर्य राना मगर विभिन्न संघ संस्थामा आवद्ध रहि सामाजिक काममा समेत सकृय छन !

नया कार्य समितीमा अध्यक्ष सुर्य बहादुर राना मगर , उपाध्यक्षहरु बिबस आले मगर ,मन कुमारी पुर्जा मगर ,माया मसराङ्गि मगर, महासचिव चित्र जुग्जाली मगर ,सचिवहरु माया आले मगर काशिराम आले मगर , सुर्य मगर शान्ती थापा मगर, कोषाध्यक्षहरु सन्तोष गर्बुजा मगर , लक्ष्मी थापा मगर रहेका छन !

त्यस्तै संरक्षकहरु तारा काउचा मगर ,बिष्णु पुन मगर सल्लाहकार समिती भक्त पुन मगर, लिला थापा, मगर ,मन मास्की राना मगर ,जय पुर्जा मगर ,चयन भएका हुन !

“बिश्व भरिका मगरहरुको एकता अहिलेको आवश्यकता”भन्ने मुलनारालाई आत्मसाथ गर्दै नेपाल मगर संघ शाखा इजरायल इ स २०१३ मा इजरायलमा स्थापन भएको हो !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine × 1 =