अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको छैटौं वार्षिकोत्सब तथा साधारणसभा सम्पन्न, अध्यक्षमा पेमा लामा

इजरायल बिसेष

तिनजुरे अनलाइन इजरायल /

अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको छैटौं वार्षिकोत्सब तथा साधारणसभा नेपाली कला संस्कृतीको जगेर्ना गरौ भन्ने मूलनाराका साथ   गत  शुक्रवार    इजरायलको  तेलअबिबमा  विभिन्न कार्यक्रमका साथ सम्पन्न  भएको छ |

कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुतावास इजरायलका महामहिम राजदुत निरञ्जन कुमार थापा नियोग उपप्रमुख  आस्था सुब्बा  नेपाल सरकारका पुर्व सचीव श्री आत्माराम पाण्डे , पुर्व न्यायाधीश श्री राम चन्द्र राई  लगायत इजरायलमा रहेका विभिन्न संघ-संस्था/ संगठनका अध्यक्ष तथा प्रतिनिधि ,मिडियाकर्मी हरुको उपस्थिति र इजरायलमा रहनु भएका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो ।उक्त कार्यक्रममा  महामहिम राजदुत निरञ्जन कुमार थापा अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाकी सभापति सीता घिसिङले दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो |

छैटौं वर्ष पूरा भएको उपलक्ष्यमा केक काटेर वार्षिकोत्सब मनाउदै साधारण सभाले सर्वसम्मत रुपमा  पेमा लामाको  अध्यक्षतामा  पुरानो कार्य समिति भंग गर्दै २१ जनाको नया कार्यसमिति चयन गरिएको थियो भने अन्तर्राष्ट्रिय कलाकार मञ्च  इजरायल शाखामा आबद्ध कलाकार हरुले गीत ,नृत्यका साथमा उपस्थित सबैलाई मनोरंजन गराएका थिए | 

 

नया कार्यसमिति यस्तो रहेको छ

 १)अध्यक्ष : पेमा लामा २)वरिष्ठ उपाध्यक्ष : कादम्बरी दाना श्रेष्ठ ३)प्रथम उपाध्यक्ष : कुमार आङ्देम्बे (अबि) ४)दित्तिय उपाध्यक्ष : अनिल सिंह राजपुत ५)तिर्तिय उपाध्यक्ष : पदमा गुरुङ ६)महासचिव : युनिका गुरुङ ७)सचिव : राज लिम्बु ८)कोषाध्यक्ष : नुतन भुसाल ९)सह-कोषाध्यक्ष : सारा लामा बिभागीय प्रमुख/उपप्रमुखहरु १०)गायन बिभाग प्रमुख : सुर्य राना मगर ११) गायन बिभाग उपप्रमुख: दुर्गा बि सि १२)नृत्य बिभाग प्रमुख : प्रीनिषा कन्दङ्वा १३) नृत्य बिभाग उपप्रमुख : स्वास्तिका श्रेष्ठ कार्यसमिति सदस्यहकरु १५)शान्ति सेर्मा १६)सोनि योन्जन १७)काभ्या छेत्री १८)खुसी निकु १९)आकृति अधिकारी २०)राम मोक्तान २१)अन्जु तामाङ २२)लक्ष्मी गड्तौला बास्कोटा सल्लाहकारहरु १)प्रमुख सल्लाहकार : सिता कुमारी घिसिङ २)सल्लाहकार : उर्मिला लामा ३)सल्लाहकार : अम्बिका सुवेदी ४)सल्लाहकार : देब बास्कोटा संरक्षकहरु १) धर्म भण्डारी २) कृष्ण रायमाझी रहेका छन |

अन्त्यमा कार्यक्रममा उपस्थित  विभिन्न संघ-संस्था/ संगठनका अध्यक्ष तथा प्रतिनिधि ,मिडियाकर्मी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा अन्तर्राष्ट्रिय कलाकार मञ्च,इजरायल शाखा परिवारले  हार्दिक धन्यवाद  समेत ब्यक्त गरेको छ ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

80 ÷ = twenty