ईजरायलमा सोनाम ल्होछार सास्कृतिक साझ २०७८ सम्पन्न ,

इजरायल बिसेष

तिनजुरे अनलाइन !
नेपाल तामाङ घेदुङ, इजरायलको आयोजनामा गत शुक्रबार इजरायलको तेल अबिबमा सोनाम ल्होछार सास्कृतिक साझ २०७८ भब्यताका साथ सम्पन्न भएको  छ !

मन्जुश्री संवत २८५८ ताक च्यान ल्हो ( बाघ बर्ग ) सोनाम ल्होछार २०२२ सांस्कृतिक कार्यक्रम नेपाल तामाङ घेदुङ, इजरायलकी अध्यक्ष पेमा लामा पाख्रिन तामाङ को सभापतित्वमा सम्पन्न भएको हो ।

कार्यक्रम बौद्ध धर्मवलाम्वी अनुसार बिधिबद्ध रुपमा धर्म गुरु लामा थुप्तेन योन्जन तामाङले पूजापाठको साथमा सुरु भए सङै कार्यक्रमका   प्रमुख अतिथि नेपाली राजदुतावासका तृतीय सचिब प्रदीप सागर गिरि विशिष्ट अतिथि नेपाल आदिवासी जनजाती महासंघ इजरायलकि अध्यक्ष मिङमार शेर्पा ,विशेष अतिथि धर्म गुरु लामा थुप्तेन योन्जन तामाङ ज्यु,र NRNA NCC इजरायल का अध्यक्ष गणेश गिरि निवर्तमान अध्यक्ष एवं प्रमुख सल्लाहकार सीता कुमारी घिसिङ तामाङ  अध्यक्ष तथा सभापति पेमा लामा तामाङ लगायतले दिप प्रज्वलन गरि कार्यक्रम सुरु भएको थियो !

प्रमुख अतिथि बिसेस अतिथि साथै सुभकामना मन्तव्य साथै उपाध्यक्ष मदन नेगि तामाङले   स्वागत मन्तव्य राख्नु भएको थियो  संस्थाका वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक एलिजा दोङ तामाङले ल्होछारको महत्त्व  बारे  प्रकाश  पार्नु भएको थियो !

कार्यक्रममा गायक,गायिका नृत्यकारहरुलाई  कदर-पत्रद्वारा सम्मान गरिएको थियो इजरायलमा रहेका नेपाली कलाकारको भब्य प्रस्तुतीमा उपस्थित नेपालीहरुले भरपुर मनोरञ्जन लीएका थिए !

उक्त कार्यक्रमलाइ सफल बनाउन सहयोग गरेकोमा संस्थाले  इजरायलमा स्थापित राजनीतिक, सामाजिक, धार्मिक, संघसंस्थाका अध्यक्ष प्रतिनिधि तथा उपस्थित सम्पुर्णमा आभार व्यक्त गरेको छ !

प्रवासमा रहेर पनि आफ्नो धर्म, भाषा,भेषभुषा लिपी, कला, साहित्य, संस्कार, संस्कृति,चाड, पर्व, रिमठिम परम्परा आदिको संरक्षण सम्बर्द्धन गर्ने उदेश्यले इ. स. २०१० मा स्थापना भएको हो !

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + two =