नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे लिम्बु चयन !

इजरायल बिसेष

तिनजुरे अनलाइन !

नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा कुमार आङदेम्बे (अभि) चयन भएका छन !

तेल अभिबको लेबनिन्की ९९ मा गत जुन १६ मा भएको साधारण सभाबाट २०२३/ २४ एक वर्षे कार्यकालको लागि सर्व सहमतमा आङदेम्बे निर्विरोध निर्वाचित हुनु भएका बताईएको छ !

उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदूतावास इजरायलकी राजदुत कान्ता रिजाल , निबर्तमानअध्यक्ष कार्यक्रमकी सभापति नानीमाया योन्जन तामाङ , त्यस्तै नेपाल आदिबासी जनजाती महासङ इजरायलमा आबद्ध जातीय संघ संस्थाका अध्यक्ष तथा प्रतीनिधि,एन आर एन ए इजरायलका अध्यक्ष गणेश गिरि,साथै इजरायलमा स्थापित संघ संस्थाका प्रतीनिधि लगायत इजरायलमा कार्यरत नेपाली हरुको उपस्थिति रहेको थियो !

उक्त अधिवेसन बाट अध्यक्ष कुमार आङ्देम्बे लिम्बुको नेतृत्वमा चयन भएका नयाँ कार्यसमितिमा अध्यक्ष – कुमार आङ्देम्बे ( अबि) लिम्बु, वरिष्ठ उपाध्यक्ष मनु श्रेष्ठ, चयन भएका छन त्यस्तै
उपाध्यक्षहरुमा लीला थापा मगर,सर्किनी ज्याबा ह्योल्मो, फुर्वा शेर्पा, रिता तमुस्यो साथै महासचिवमा रन्जना ग्याबक तामाङ प्रथम सचिवमा बिमला श्रेष्ठ,सचिवहरुमा
छिरीङ म्हेन्दो ह्योल्मो, जमुना थापा मगर, पासाङ डोमा शेर्पा, तुल्सा तुम्बाहाङ्फे लिम्बु, चयन भएका हुन भने
कोषाध्यक्षमा – सोनी तमुस्यो सह्- कोषाध्यक्षमा  रिता घ्लान तामाङ चयन भएका हुन !

सल्लाहकारहरुमा नानीमाया योन्जन तामाङ,समिर स्याङ्बा ह्योल्मो ,मन मास्की राना मगर ,स्वस्तिका श्रेस्ठ, नुमा काङ्बा बखिम लिम्बु ,ल्हाक्पा लामा शेर्पा,ओम तमु, संरक्षकहरुमा तेन्जिङ शेर्पा,सुन्दर सिंह योन्जन तामाङ, निर्मला तमुस्यो,नयन इम्सोङ लिम्बु,पेम्बा डोल्मा श्याङ्बा ह्योल्मो,मिङ्मार शेर्पा रहेको महासचिव रन्जना ग्याबक तामाङले जानकारी दीएकी छन !

नेपाल आदिवासी जनजाति महासंघ इजरायल पहिचानको लागि युवा” YOUTH FOR IDENTITY भन्ने मूल नारा सहित ” विश्वका आदिवासी जनजाति एक हौ ! आफ्नो भेषभुषा, भाषा, कला, संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गरौं ” भन्ने मूल उद्देश्यका साथ २०१२ मा स्थापना भएको हो !

लामो समय देखी इजरायलमा कार्यरत रहेका कुमार आङदेम्बे सहयोगी भाबना साथै नेपाली साहित्यकार तथा गीतकारको रुपमा परिचित छन् त्यस्तै किरात याक्थुङ चुम्लुङ इजरायलका निबर्तमान अध्यक्ष,अन्तराष्ट्रिय कलाकार मंच इजरायल साखाका प्रथम उपाध्यक्ष, खेलकुद युवा संघ इजरायलका प्रबक्ता, झापालि समाज इजरायलका उपाध्यक्ष, किरात याक्थुङ चुम्लुङ फुटबल क्लबका टिम मेनेजर समेत रहे का छन !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ six = sixteen