धार्मिक संस्थाहरुको संयुक्त आयोजनामा इजरायलमा श्रीकृष्ण जन्मअष्टमी मनाइयो|

इजरायल बिसेष

तिनजुरे अनलाइन,

इजरायलको तेलअबिबमा गत सुक्रबार  श्रीकृष्ण जन्मअष्टमी पर्ब  भव्यताका साथ मनाइएको छ ३ धार्मिक संस्थाहरु  “ॐ जन-जागरण नेपाल शाखा इजरायल”हिन्दू जागरण नेपाल अभियान इजरायल “ श्री कृष्ण प्रणामी ग़ैर आवासीय यूवा परिषद इजरायल द्वारा संयुक्त आयोजनामा  श्रीकृष्ण जन्मअष्टमी मनाइएको हो |

तेलअभिबको   यशोधा माला ४४ मा  सेप्टेम्बर ७ तारीख़ शुक्रवार साँझ भएको  उक्त कार्यक्रम भगवान कृष्णको शुभ-जन्मोत्सवको अवसर पारेर  मनाईएको    आयोजक संस्थाहरुले जानकारी दीएका छन् उक्त कार्यक्रममा श्रीकृष्ण ब्रतकथा , भजनकृतन , राधाकृष्ण लिला  प्रसाद ग्रहण कार्यक्रम रहेको थियो |

श्री कृष्ण प्रणामी ग़ैर आवासीय यूवा परिषद इजरायलकी अध्यक्ष तारा सिटौलाको सभापतित्वमा रहेको उक्त कार्यक्रमको  प्रमुख अतिथिमा नेपाली राजदुतावास इजरायलका महामहिम  निरन्जन कुमार थापा साथै उहाको धर्मपत्नी, साथै बिशिष्टअतिथीमा इजिप्टका लागी नेपाली महामहिम राजदुत   झपीन्द्र अर्याल साथै उहाको धर्मपत्नी ,बिशेष अतिथिमा एन.आर.एन अध्यक्ष छिरिगं शेर्पा ,तथा विभिन्न संघसंस्थाका अध्यक्ष,प्रतिनिधि हरुको उपस्थिती रहेको थियो |
प्रमुख अतिथि तथा सभापति द्वारा दिप प्रज्वलन गरी समुद्घघाटन गरिएको उक्त कार्यक्रममा  गुरु गणेश पौडेल  बाट स्वतिक वाचन राख्नु भएको थियो !भने  स्वागत मन्तव्य योगेन्द्र खरेलले राख्नु भएको थियो | शुभकामना मन्तव्य दिने क्रममा ॐ जनजागरण नेपाल शाखा इजरायलको अध्यक्ष ,संरक्षक  ,एन.आर एनए इजरायल अध्यक्ष ,प्रमुख अतिथि,  द्वारा कृष्ण जन्माष्टमी को पावन अवसरमा उपस्थित सबै लाई शुभकामना दिनु भएको थियो !भने  कार्यक्रम संचालन अनिता पौडेल र नम्रता उप्रेतीले गर्नु भएको थियो |
यसैगरी तिन वटै संस्था बाट  भजन प्रस्तुत गरिएको थियो कार्यक्रमको सभापति द्वारा  उपस्थित सम्पुर्ण लाई हार्दिक धन्यवाद र कार्यक्रम समिक्षा तथा समापन गरिएको थियो !भने  उपस्थित जनाई खादा, स्वयमसेवक,आर्थिकमा,स्वागतमा,पानि जुस वितरणमा ,प्रसाद वितरणमा ,प्रसाद बनाउन , हलसजाउन,विभिन्न क्षेत्र बाट प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नु हुने सहयोगी मनहरुलाई हार्दिक धन्यबाद को साथमा आयोजक हरुले आभार प्रकट गरेका छन् |

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

forty nine + = fifty one