चार संस्थाको संयुक्त आयोजनामा इजरायलमा तीज महोत्सब २०७५ हुने |

इजरायल बिसेष

हिन्दु नारीहरुको महान पर्ब हरितालिका तीजको अबशरमा इजरायलको तेलअबिब स्थित मातालोन ९३ मा तीज महोत्सब २०७५ सम्पन्न हुने भएको छ |

सत्य साई सेन्टर इजरायल  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज इजरायल च्याप्टर (अनेसास), अन्तर्राष्ट्रिय नेपाली नारी आवाज तथा लुम्विनी कपिलवस्तु दिवस अभियानको संयुक्त आयोजनामा हरितालिका तीज विशेष कार्यक्रममा यहि आउदो सेप्टेम्बर १५ तारिक दिउसो १ बजे बाट ६ बजे सम्म सम्पन्न हुने भएको हो !

सत्य साई सेन्टर इजरायलकी अध्यक्ष नेहा गुरुङका अनुसार ” तीज महोत्सब २०७५ ” नामक उक्त महोत्सबमा सास्कृँतिक कार्यक्रम,सहित दर खाने कार्यक्रम रहेको छ  इजरायलमा रहनु भएका नेपाली  दिदीबैनी , बुद्धिजीवी, समाजसेवी, संघ संस्था,मिडियीकर्मी  लगायत सम्पूर्णमा  उपस्थितिको लागि  आयोजक संस्थाहरु  ले हार्दिक अनुरोध सहित निमन्त्रणा समेत गरेका छन् !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× five = 15