हिन्दु नेपाली नारीहरुको महान पर्ब हरितालिका तीज प्रबाशी भुमि इजरायलमाको पेथातिक्वामा नेपाली हरुले भव्यताका साथ मनाएका छन् |
मंगलबार साझ ५ बजे बाट इजरायलको पेथातिक्वाको एरिया नजिक कार्यरत नेपाली चेलीबेटी दाजु भाइ हरुले बिभिन्न परिकारका सामग्री बनाई सामुहिक दर खाएका हुन परदेशको दुख र व्यस्ततालाइ भुलाउदै हरेक साल झैँ यो साल पनि तीजको दर खाने कार्यक्रम राखीएको र उक्त कार्यक्रम सम्पन्न भएकोमा खुशी ब्यक्त गर्दै नितु कार्कीले यश कार्यक्रममा सहयोगी सम्पूर्ण प्रति धन्यवाद दिनु भएको थियो |
रंगीचंगी भेषभूषा र गरगहनामा सजिएर तीज पर्व मान्दै रमाईलोका साथ मनाइको उक्त कार्यक्रममा लगभग १ सय जनाको उपस्थीती भने बेलुका ७ .३० बजे उक्त कार्यक्रम समापन भएको थियो |
https://www.facebook.com/100002548413474/videos/1887197248041871/
Facebook Comments: