सङघीय समाज (नेफेसो) इजरायलको ऐतिहासिक तेस्रो अधिबेशन सम्पन्न बनाउन प्रमुख बक्ता युबराज कार्की इजरायल आइपुगे|

इजरायल बिसेष

तिनजुरे अनलाइन इजरायल/

सङघीय समाज (नेफेसो) इजरायलको ऐतिहासिक तेस्रो अधिबेशन सम्पन्न बनाउन प्रमुख बक्ता युबराज कार्की इजरायल आइपुगेका छन् |

 

वहांको स्वागतको लागि नेपाली सङघीय समाज (नेफेसो) इजरायलका अध्यक्ष सुन्दर सिंह लामा तामाङ,प्रवक्ता समिर लामा ह्योल्मो , सत्य साई केन्द्र इजरायलकी अध्यक्ष नेहा गुरुङ ,अन्तराष्टृय नेपाली  साहित्य समाज इजरायलकी अध्यक्ष निशा अर्याल बेन्गुरिन एयरपोर्ट तेलअविवमा पुग्नु भएको थियो |

कार्यक्रम १९ अक्टुवर २०१८ (शुक्रबार) यशोदा हमला स्ट्रिट ४० तेलअविवमा बेलुका ठिक ६ बजे देखि सुरु हुने उक्त कार्यक्रम लाई सफल बनाउन नेपालबाट आउनु भएका कार्की संघिया समाजवादी फोरम,नेपालका प्रवास संगठन नेपाली सङघीय समाज (नेफेसो) इजरायलको ऐतिहासिक तेस्रो अधिबेशनको लागि प्रमुख बक्ता खसक्षेत्रि समाजका संस्थापक अध्यक्ष एवं सङघीयवादी र पहिचान प्रेमी ससफो,नेपाल पार्टीका केन्द्रिय उपाध्यक्ष समेत रहेका छन् |

इजरायलमा स्थापित विभिन्न राजनीतिक पार्टी संगठनका महानुभावहरु,सामाजिक एवं धार्मिक संघ/संस्थाका महानुभावहरु,नेपाली साहित्यिक क्षेत्रका साहित्य प्रेमी महानुभावहरु,नेपाली सांगीतिक क्षेत्रका कलाकार बन्धुहरु,खेल प्रेमी यूवासाथी मित्रहरु, र अनलाईन संचारकर्मी  लगायत इजरायलमा कार्यरत सम्पूर्ण नेपाली हरुलाई   उपस्थितिको लागि नेपाली सङघीय समाज (नेफेसो) इजरायल ले  हार्दिक अनुरोध गरेको छ |

 

१८ अक्टोबर २०१८

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ eighty four = eighty nine