दोश्रो दशैँ कप फुटवल प्रतियोगिता हुने बारे (एनआरएनएन एनसीसी ) इजरायलले गर्यो पत्रकार सम्मेनल |

इजरायल बिसेष

तिनजुरे अनलाइन ,

गैर आवासीय नेपालि संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनएन एनसीसी ) इजरायलले दोश्रो दशैँ कप फुटवल प्रतियोगिता हुने बारे  पत्रकार सम्मेनल गरि सम्पूर्ण जानकारी सार्बजनिक गरेको हो  |इजरायलको   तेलअभिवको स्थित Nevishana-२० मा रहेको आफ्नो कार्यालयमा  शुक्रबार दोश्रो दशैँ कप फुटवल प्रतियोगताको विषयमा छलफल गर्नको लागि  पत्रकार सम्मेनल गरिएको थियो  ।

पत्रकार सम्मेलनम बीच एनआरएनएन एनसीसी इजरायलका अध्यक्ष छिरिंग शेर्पाले मन्तब्य राख्दै एनसीसी इजरायलले आयोजना गर्दै गरेको दोश्रो दशैँ कप फुटवल प्रतियोगितामामा सहभागी जनाउने सम्पूर्ण टिममा खेलाडी मित्रहरुले नेपालि -नेपालि बिचको खेल सम्झी एकआपसमा कुनै रिस राग या झैँ झगडा नगरी नेपालीहरु बीच एकापसमा सद्भाव , एकता र भाईभातृत्वको सम्बन्ध लाई अझ मजबुत बनाउने हेतुले भव्य तरिकाले सम्पन्न गर्न सहयोग पुर्याउनुहुने छ भन्ने बिषयलाइ अवगत गराउदै मैत्रीपूर्ण खेलमा हार जित एक टिमको अवश्य नै हुन्छ यो त् खेलको नियमनै हो तर आफ्नो टिम पराजित भयो भन्दैमा खेलाडी मित्रहरु आवेशमा नआइ भाइ बन्धु हाम्रै नेपालि -नेपालि दाजुभाई बिचको खेल प्रतियोगिता हो भन्ने बिषयलाइ मध्यनजर राख्दै एकदमै सहजता पूर्ण वातावरणका साथ् हर्ष र उत्साह,फुर्तिलोको रुपमा खेल मैदानमा उत्री आफु भित्र लुकेको प्रतिभा देखाउन अनुरोध गर्नुभएको थियो ।

यसै गरि एनआरएनएन एनसीसी इजरायलका महासचीव तेन्जिंग शेर्पाले खेलका नियमपालना हरुलाई प्रष्ट पार्ने क्रममा दोश्रो दशैँ कप फुटवल प्रतियोगतामा सहभागिता जनाउने सम्पर्ण टिममा खेलाडी मित्रहरु र आ-आफ्नो टिमका दर्शक शुभचिन्तक हरुले सकभर खेलहुने मैदानको परिसरमा मदिरा सेवन , र धुम्रपान नगरीदिनु हुन् अपिल गर्दै प्रतियोगिता हुने खेल मैदानको व्यवस्थापन समितिले बिगतका खेलहरुमा आयोजक प्रति देखाएको आपतिका कारण दोश्रो दशैँ कप फुटवल प्रतियोगितमामामा मदिरा र धुम्रपान गर्न निषेध गरिएको बताएका छन् ।

राष्ट्रिय फुटवल टिमका पुर्व खेलाडी सुन्दर नेपालले पत्रकार सम्मेलनमा आफ्नो छोटो मन्तव्य राख्दै आफु नेपालको राष्ट्रिय टिममा खेल्दै गर्दा खेल प्रति आफुमा भएका अनुभव हरुलाई ,इजरायलमा रहेका खेलाडी मित्रहरुलाई एकआपसमा सेयर गर्दै सलाह सुझाब दिदै खेलको मान्यताता सद्द्भावलाइ कदर गर्दै इजरायलमा स्थापित सम्पूर्ण फुटवल क्लबहरु ,र खेलाडी मित्रहरु संग आफुले सहकारी गरि आगामी दिनहरुमा हुने खेल प्रतियोगितालाइ सफल पार्न अहम भूमिका निर्भाह गर्ने हौसला दिनु भएको थियो ।

आइसीसी सदस्य बिशाल ज्ञवालीले पनि पत्रकार सम्मेलनमा मन्तव्य राख्दै एनआरएनएन एनसीसी इजरायलले राखेको दोश्रो दशैँ कप फुटवल प्रतियोगिता भव्य र सव्य रुपमा सफल रहोस भन्ने शुभकामना दिदै यो दशैँ कप मात्र नभएर एक खेलाडीहरुको प्रतिभा प्रस्तुत गर्ने र नयाँ नया खेलाडी उत्पादन गरि आफ्नो क्लबलाइ अझै मजवुत गराउने सल्लाह सुझाब दिदै प्रदेशमा रहेर पनि बिभिन्न संघ संस्थाहरुले खेलप्रति देखाएको गहन चाँसो प्रति आफु सन्तुष्ट रहेको बताउदै आगामी दिनहरुमा हुने खेल प्रतियोगितमा आफ्नो साथ् र सहयोग रहने बताउनुभएको थियो ।

एनआरएनएन एनसीसी इजरायलका महासचिव तेन्जिंग शेर्पा र राष्ट्रिय फुटवल खेलाडी सुन्दर नेपालले शुक्रवार भएको पत्रकार सम्मेलन बीच प्रतियोगितामा सहभागिता जनाउने फुटवल क्लब हरु बिपक्षि कुन टिम संग् प्रतिस्पर्धा गर्ने त् भन्ने बिषयमा गोला प्रथा बाट प्रत्येक टिमका क्याप्टेन हरु द्वारा गोला थुताउदा प्रतियोगितागीतमा सहभागी रहेका ६ फुटवल टिमको खेल्ने तालिका यस प्रकार छ: –

ए” पोलमा शम्सारा फुटवल क्लब र मामस फुटवल क्लब बीच प्रथम खेल हुनेछ भने “बि ” पोलमा इस्ट स्पोर्टटिंग फुटवल क्लब र के. वाई .सी क्लबको खेल हुनेछ ।

प्रतियोगितामा सहभागिता जनाउने ६ फुटवल टिम मध्ये एनआरएनएन एनसीसी इजरायल फुटवल क्लब र तार्गेट फुटवल क्लबले बाइ पाएको छ ।

यी दुवै बाइ पाउने टिमहरु “ए” पोल र “बि” पोल बाट बिजेता हुने टिमहरु संग सेमीफाइनल खेलमा एकआपसमा भिडने महासचिव तेन्जिङ शेर्पा र सुन्दर नेपालले जानकारी दिएका छन् ।

एनआरएनएन एनसीसी इजरायलको दोश्रो दशैँ कप फुटवल प्रतियोगताका नियम र पुरस्कारहरु यस प्रकार छन् –

-खेल वोल्सन हस्पिटल नजिकै रहेको खेल मैदानमा खेलाइने छ ।
-खेल मैदान सम्म जनाको लागि तेलअभिव पार्क देखि बसको सुविधा रहेको छ ।
-खेल फिफाको नियम अनुसार खेलाइने छ 
-खेल ७ -७ खेलाडीको हुनेछ ।
-टिममा ४ जना एक्स्ट्रा खेलाडी राख्न पाइनेछ। 
-आधिकारिक रुपमा टिममा एक कोच र टिम म्यानेजर हुनुपर्ने छ ।
-खेलको समय अबधि पहिलो खेल २५ मिनेटको रहनेछ ।
– पहिलो हाफ टाइम – ३० मिनेट रहेनछ भने फाइनल खेलको पहिलो हाफ टाइम -३० र दोश्रो हाफ टाइम ३० मिनेट रहनेछ रेस्ट टाइम -१० मिनेट रहेको छ ।
-खेल ड्र अर्थात बराबरि भएमा पेनाल्टी सुट आउटको नतिजा अनुसार उक्त टिमलाइ बिजेता घोषित गरिनेछ ।
-खेलाडी मित्रहरुलाई सफ्ट ड्रिंक (जुस ,पानिको )ब्यावस्था रहेको छ ।
-प्रत्येक टिमको दर्ता शु:ल्क -१५०० सेकेल रहेको छ ।
-एल्लो कार्ड पाउने खीलाडी मित्रहरुको टिमले- ५० सेकेल फाइन तिर्नु पर्ने 
-रेड कार्ड पाउने खीलाडी मित्रहरुको टिमले -१०० सेकेल फाइन तिर्नु पर्ने 
-एल्लो कार्ड र रेड कार्ड पाउने खीलाडी हरुको फाइनको लागि प्रत्येक टिमले आयोजक टिमलाई -५०० सकल एक्स्ट्रा जम्मा गर्नुपर्ने छ ।
-एल्लो कार्ड र रेड कार्ड नपाउने टिमले आफुले जम्मा गरेको – ५०० सेकेल प्रतियोगिता सकिएपछी पुरस्कार बितरण स्थल बाट फिर्ता पाउने 
-२१ सेप्टेम्बर शुक्रबार बेलुका पत्रकार सम्मेलनको समयमा आफ्नो टिमको दर्ता शु:ल्क अनिबार्य बुझाउनु पर्ने 
– आयोजकले तोकेको निर्धारित समयमा दर्ता शु:ल्क नबुझाएमा उक्त टिमलाइ प्रतियोगितामा सहभागिता नगराउने 
– पत्रकार सम्मेलन अर्थात २१ सेप्टेम्बर पछी दर्ता गराउन चाहने टिमलाइ प्रतियोगितामा सामिल न-गराइने 
– प्रतियोगितामा टिमले दर्ता गराइसकेपछी टिम खेलमा उपस्थिति हुन् नसकेको खण्डमा दर्ता शु:ल्क फिर्ता हुने छैन 
– १८ अक्टोबर बेलुकानै फुटवल खेलको फाइनल खेल हुने
– बिजेता टिमहरुको लागि पुरस्कार वितरण कार्यक्रम शनिवार दिउँसो २ बजे पछी तेलअभिव लेबेन्सकी पार्कमा हुने

-प्रथम पुरस्कार – ५,५०० सेकेल नगद रासी ट्रफी ,प्रमाणपत्र र मेडल रहेका छन् ।
-द्वितीय पुरस्कार – २,५०० नगद रासी,ट्रफी प्रमाणपत्र र मेडल रहेका छन् ।
-बेस्ट खेलाडीलाई ट्रफी र केहि नगद रासी रहेको छ ।
-म्यान अफ द म्याच हुने खेलाडीलाई मेडल ट्रफी ,मेडल र नगद रासी रहेको छ ।
-प्रतियोगितामा सबै भन्दा धेरै गोल गर्ने खेलाडीलाई ,मेडल प्रमाणपत्र र नगद रासी रहेको छ।
-उत्कृस्ट गोलकिपरलाइ ट्रफी र नगद रासी रहेको छ ।
-उत्कृष्ट मिड फिल्डरलाइ ट्रफी र नगद रासी रहेको छ ।
-प्रतियोगितामा सहभागिता जनाउने प्रथम र दोश्रो टिम छोडेर अन्य टिमलाई प्रमाण पत्रको ब्यवस्था रहेको छ ।
-प्रतोगीतामा सम्झौता पत्र रहेको आयोजक टिमले पत्रकार सम्मेलनमा पुष्टि गरेको छ ।

एनआरएनएन एनसीसी इजरायलले आयोजना गर्ने खेलहरु –
-फुटबल
-भलिवल ( महिला – पुरुष )
– म्यूज़िकल चियर
-हांडी फोर
-चम्चा गुच्चा रेस
– चेस ,दौड़ , सियो धागों जस्ता उतकृष्ट खेलहरु रहेका छन् ।

(अर्घाखाची बुलेटिन बाट )

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six × one =