प्रवासी नेपाली एकता मंच इजरायलको आयोजनामा चियापान कार्यक्रम हुने

इजरायल बिसेष

इजरायल । नेपाल कम्युनिष्ट पार्टी “प्रवास संगठन प्रवासी नेपाली एकता मंच इजरायल” ले इजरायलमा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।

सोमबारदेखि शुरु भएको दिपावली, नेपाल सम्वत ११३५ तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदान प्रदान चियापान तथा ऐतिहासिक स्थल जेरुसेलम भ्रमणको आयोजना गर्न लागेको हो ।

यस संगठनको महिला बिभागद्वारा आयोजना गर्न लागिएको कार्यक्रममा इजरायलमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टीमा आस्था राख्ने तथा इजरायलवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु, विभिन्न राजनैतिक संगठन, धार्मिक तथा सामाजिक संघ संस्था, बुद्धिजीवी, साहित्यकार, कलाकार, व्यवसायी तथा बिद्यार्थीहरुलाई उपस्थित हुन निमन्त्रणा गरिएको छ ।

इजरायलमा बसोबास गरिरहेका नेपालीहरुलाई एकताबद्ध बनाउँदै यस अवसरमा एक आपसमा भेटघाट गर्ने र भाइचारा सम्बन्धलाई बढावा दिन चियापान कार्यक्रम गरिएको प्रवास संगठन प्रवासी नेपाली एकता मंच इजरायलका अध्यक्ष तिर्थ गौतमले  जानकारी दिए ।चियापान कार्यक्रम यहि नोभेम्बर ९ तारिख शुक्रबार आयोजना हुने भएको छ ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− one = 8