नेपाली सङघीय समाज (नेफेसो) इजरायलको तेस्रो अधिबेशन हुने |

इजरायल बिसेष

नेपाली सङघीय समाज (नेफेसो) इजरायलको ऐतिहासिक तेस्रो अधिबेशनमा इजरायलवासी सबैलाई हार्दिक निमन्त्रणा गरेको छ |निमन्त्रणाको पूर्ण अंश:

पहिचान, सङघीयता,धर्मनिरपेक्ष र गणतन्त्र प्रेमी आम इजरायलवासी श्रमजीवी नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा तपाई हाम्रै जनप्रिय गौरवशाली राष्ट्रिय दल (पार्टी) सङघीय समाजवादी फोरम नेपालका प्रवास संगठन नेपाली सङघीय समाज (नेफेसो) इजरायलको ऐतिहासिक तेस्रो अधिबेशन भव्य र सभ्य गराउनका निमित प्रमुख बक्ताकारुपमा खसक्षेत्रि समाजका संस्थापक अध्यक्ष एवं सङघीयवादी र पहिचान प्रेमी ससफो,नेपाल पार्टीका केन्द्रिय उपाध्यक्ष श्री युवराज कार्की ज्युलाई नेपाल बाट आमन्त्रित गरिएकाछौ |

उक्त ऐतिहासिक कार्यक्रममा नेपाली राजदुतवास इजरायलका महामहिम श्री निरन्जन थापा ज्युको गरिममाया उपस्थिति रहनेछ |साथै इजरायलमा स्थापित विभिन्न राजनीतिक पार्टी संगठनका महानुभावहरु,सामाजिक एवं धार्मिक संघ/संस्थाका महानुभावहरु,नेपाली साहित्यिक क्षेत्रका साहित्य प्रेमी महानुभावहरु,नेपाली सांगीतिक क्षेत्रका कलाकार बन्धुहरु,खेल प्रेमी यूवासाथी मित्रहरु, र अनलाईन संचारकर्मी बन्धुहरुको गरिममाया उपस्थितिमा भव्यताका साथ पहिचानी सांगीतिक कार्यक्रम,बडादशैंको शुभकामना आदान-प्रदान/जलपानको व्यवस्था साथै विभिन्न विधामा प्रवास भुमि इजरायल बाट हाम्रो देश नेपाल प्रति पुर्याउनु भएको प्रसंशनीय उच्च कार्यहरुको कदर गर्दै,विभिन्न महानुभावहरुलाई सम्मान गर्ने कार्यक्रम रहेकोले इजरायलवासी सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा चुले निम्तो गर्दछौ |
कार्यक्रम तालिका:

उदघाटन मिति :-१९ अक्टुवर २०१८ सुक्रबार |
कार्यक्रम स्थान:-यसुद हमहला ४० तेअलभी |
कार्यक्रम समय:-६:०० बजे देखि –

पासाङनुर्बु शेर्पा
(महासचिव)
तथा
नेपाली सङ्घीय समाज(नेफेसो) इजरायल |

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixty − = fifty seven