तेश्रो वलिहाङ- कप २०१८ फुटवल प्रतियोगिताको उपाधी केवाईसी इजरायलले जित्यो |

इजरायल बिसेष

इजरायल | सधै वर्ष झैँ यो पल्टपनि येले तङ्बे ५०७८ को अवसरमा आयोजित तेश्रो वलिहाङ- कप २०१८ फुटवल प्रतियोगिताको उपाधी केवाईसी इजरायलले जित्न सफल भएको छ ।

गत शुक्रबार नोभेम्बर ०९ तारिख सांझ इजरायलको तेलअविवमा कियाचु इजरायलकी अध्यक्ष गिता तुम्बाहाङफेको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको प्रमुख अथितिमा एनआरएनए इजरायलका अध्यक्ष छिरिङ शेर्पा, बिशेष अथितिमा नेआज महासंघ इजरायलकी सचिव इन्दु कोयु राई लगायत इजरायलमा रहेका राजनीतिज्ञ, बुद्दिजिवि, फुटबल खेल प्रेमी र सहभागी टिमहरुको टिम समर्थकहरुको बाक्लो उपस्थिति बिच कार्यक्रमकी सभापति, प्रमुख अथितिले फुटबललाई हानेर वलिहाङ-कप २०१८ फुटबल खेलको उद्घाटन गरिएको थियो ।

तेश्रो वलिहाङ – कप २०१८ को उपाधी आयोजक कियाचुको केवाईसी फुटवल टिमले एनआरएनए इजरायललाई पेनाल्टी सुटआउटमा हराउदै उपाधी माथी कब्जा जमाएको थियो खेलको अन्तिम मिनेट सम्म १-१ गोलको बराबरी खेलेका दुई टिमले पेनाल्टी सुटआउटमा एनआरएनएलाई आयोजकले उपविजेतामा सिमित बनाएको हो ।

प्रतियोगितामा कायापलट फुटवलटिम, टार्गेट फुटवल क्लव, इस्ट स्पोर्टस क्लव, दार्जीलिङ युनाइटेड, एनआरएनए इजरायल र आयोजक केवाईसी एफसी सहित ६ टिमको सभागिता रहेको थियो ।

प्रतियोगिताको पहिलो खेल आयोजकले टार्गेट फुटवल क्लवलाई ३-१ ले हराउदै सेमीफाइनलमा प्रवेश गरेको थियो भने उक्त खेलको म्यानअफद म्याच केवाईसी का मिलन सिवाकोटी भएका थिए, दोश्रो खेलमा दार्जीलिङ युनाइटेडले कायापलट फुटवलटिमलाई २-१ ले हराउदै सेमीफाइनलमा प्रवेश गरेको थियो भने उक्त खेलको म्यानअफद म्याच कायपालट युनाइटेडका लेप्चा साङ्देन्मू वाङ्दी निमा भएका थिए ।

सेमिफाइनलमा लक्की ड्र मार्फत बाइमा परेका क्रमस इस्ट स्पोर्टस क्लवलाई आयोजकले २-० र एनआरएनए इजरायलले दार्जीलिङ युनाइटेडलाई १-० ले समेट्दै फाइनलमा प्रवेश गरेका थिए भने सेमिफाइनलमा म्यानअफद म्याच इस्ट स्पोर्टस क्लवका प्रताप लिम्बु र एनआरएनए सबिन पन्त भएका थिए ।

लगातार तेश्रो पटक उपाधीमाथी कब्जा जमाएको केवाईसी फुटवल टिमले नगद ५८०० सेकल सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता एनआरएनए इजरायलले नगद २७०० सेकल सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ प्रतियोगिताको उत्कृस्ट किप्पर बिजय मगर-केवाईसी फुटवल टिम, उत्कृस्ट डिफेन्स नबिन रानाभट्ट-एनआरएनए इजरायल, धेरै गोल प्रकाश राजवंशि-केवाईसी फुटवल टिम, उत्कृस्ट खेलाडी सबिन पन्त-एनआरएनए इजरायल र अनुशाशित टिम टार्गेट फुटवल क्लवले पाएका थिए ।

आयोजक किरात याक्थुङ चुम्लुङ इजरायलका महासचिव कुमार आङ्देम्बे अबिले हाम्रो दमक संग कुरा गर्दै प्रतियोगितालाई सफल बनाउन प्रत्यक्ष, अप्रत्यक्ष सहयोग गर्नु हुने सम्पुर्ण खेलाडीहरु, बुद्दिजिविहरु, शुभचिन्तक, पत्रकार लगायत मैदानमा उपस्थित खेल प्रेमी तथा सम्पुर्ण क्लव समर्थक महानुभावहरुमा बिशेष धन्यवाद ब्यक्त गरेको जानकारी गराए ।

(अर्घाखाची बुलेटिनको सहयोगमा )

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− one = one