तमू समाज इजरायलको आयोजनामा तमू तो ल्होसार २०७८ सांस्कृतिक कार्यक्रमका साथ भब्य रुपमा मनाइने |

इजरायल बिसेष समाचार

तीनजुरे अनलाईन |
तमू समाज इजरायलको आयोजनामा तमू तो ल्होसार २०७८ इजरायलमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथ भब्य रुपमा मनाइने भएको छ |
आउदो डिसेम्बर ३१ तारिख सुक्रबार साझ यादखरुचिम -१५ तेल अभिवमा सुभकामना आदान प्रदान संगै उक्त कार्यक्रमको आयोजना गरिएको हो |

उक्त कार्यक्रममा तमू संस्कार संस्कृति र परम्परा झल्किने बृहत सांस्कृतिक कार्यक्रमको साथमा स्योकै (रात्री भोज ), शुभकामना आदानप्रदान साथै इजरायलमा रहनु भएका चर्चित नेपाली कलाकारहरुको बेजोड प्रस्तुति, डिजे धमका सहित ल्वों ल्हो ( गाई वर्ग ) लाई बिदाई गर्दै तो ल्हो ( बाघ वर्ग ) लाई स्वागत गरि “राष्ट्रिय पर्व तमू तो ल्होसार स्योकै तथा सांस्कृतिक कार्यक्रम ” भव्यताका साथ मनाउन लागिएको तमू समाज इजरायलकी महासचिव शान्ति तमूस्योले जानकारी दीएकी छन् |

तमु भाषा संस्कार संस्कृतिको जगेर्ना गर्ने उदेश्यले । इ. स. २००६ मा स्थापना भएको तमु समाज इजरायलले भाषा कला संस्कृति जगेर्ना संगै नेपालमा भइ परि आउने समस्यालाइ निरन्तर सहयोग गर्दै ठुलो टेवा पुर्याएको छ |

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 9 = twenty seven