नेवाः खल इजरायलको आयोजनामा म्ह : पूजा तथा नेपाल सम्बत ११३९ न्हूँ द भिन्तुना इजरायलमा सम्पन्न |

इजरायल बिसेष

तिनजुरे अनलाइन/

नेवाः खल इजरायलको आयोजनामा म्ह : पूजा तथा नेपाल सम्बत ११३९ न्हूँ द भिन्तुना इजरायलमा बिभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ |

गत सुक्रबार इजरायलको  तेलअबिब  तखाना मार्काजित तेश्रो तलामा रहेको  एभरेस्ट डिस्को हलमा साँझ ६ बजे रेखा श्रेष्ठको सभापतित्वमा  संचालन भएको उक्त कार्यक्रमको प्रमुख अतिथि- नेपाली राज्दुताबाश इजरायलका तृतीय सचिव प्रदिप सागर गिरि,बिशिस्ट अतिथि  नेपाल अादिवासि जनजाति महसंघ नरेश कुमार श्रेष्ठ ,बिशिस्ट अतिथि एन.अार. एन.ए. शान्ता ज्ञ्यवाली रहनु भएको थियो |

 उक्त कार्यक्रममा स्वागत मन्तब्य उक्त संस्थाकी  काेषाध्यक्ष मैना श्रेष्ठ  प्रमुख अतिथि- तृतीय सचिव – प्रदिप सागर गिरि बिशिस्ट अतिथि  नेपाल अादिवासि जनजाति महसंघ – नरेश कुमार श्रेष्ठ बिशिस्ट अतिथि एन.अार. एन.ए. शान्ता ज्ञवालि लगायतले राख्नु भएको थियो |

आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी शरीरभित्रको चेतनालाई पूजा गर्ने यस पर्वको दार्शनिक पक्ष  समग्र देवता ऊर्जाशक्ति विश्व ब्रम्हाण्ड मानव शरीरभित्र रहेको विश्वास गर्दै परमेश्वरको बास हुने मान्यता राखी आफूलाई चिनेर बुझेर आफ्नो उद्धार गर्न आफै अघि सर्नुपर्ने परम्पराका रुपमा यो पर्ब मनाइएको थियो |

उक्त म्हः पूजा  गर्न उपस्थितको  पूर्वसम्मुख पारेर एक/एकवटा मण्डल बनाइँ । मन्डलमा खाने तेलको सानो घेरालाई बीचमा पारी त्यसपछि क्रमशः बाहिर अक्षता, लावा, कालो भटमास, मासको गेडा, धान, बेसारले रंगाएको चामलको धूलो, त्यसपछि पानी र रंगीबिरंगी फूलका घेरा हालि भब्य रुपमा मनाइएको थियो |

मनु श्रेष्ठले संचालन गरेको उक्त कार्यक्रममा स्थापना कालको ८ बर्षमा प्रवेश गरेको नेवा खल इजरायलको ८अाैं बार्षिक उत्सवको केक  नेवा खल इजरायलका संस्थापक  नरेश सैजु र पुर्व अध्यक्ष तेज श्रेष्ठ वर्तमान अध्यक्ष रेखा श्रेष्ठले   केक काटेका थिए |

नेवाः खल इजरायलका पूर्व अध्यक्ष अाराेह श्रेष्ठलाइ खादा ओडाई सम्मान पत्रका साथ सम्मान गरिएको थियो |

   त्यस्तै कार्य समितिका सम्पूर्ण टिम, साथै आफ्नु प्रस्तुति प्रस्तुत गर्ने   स्थानिय कलाकार हरुलाई सम्मान पत्रले सम्मान गरिएको थियो |कार्यक्रमको बिसर्जन गर्दै वर्तमान अध्यक्ष रेखा श्रेष्ठले उपस्थित बिभिन्न संघ संस्था कलाकार पत्रकार लगायत प्रतक्ष अप्रतक्ष सहयोग गर्नु हुने सम्पूर्ण नेपाली  दाजु भाइ दिदि बहिनी प्रति आभार प्रकट गरेकी छन् |

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + two =