इजरायलमा चासाेक तङ्नाम मनाउने भब्य तयारी !

इजरायल बिसेष

इजरायल-

भेषभुषा,भाषा,लिपि,संस्कृतिको संरक्षण र सम्बर्द्धन गरौं, आफ्नो जस्तै अरुको कला,संस्कृति स-सम्मान,समर्थन गरौं” भन्ने नारा सहित स्थापना  भएको संस्था   किराँत याक्थुङ चुम्लुङ इजरायलले सदा झैँ यो बर्षपनि याक्थुङहरुको राष्ट्रिय चाड 2075(येले तङ्बे 5078) को चासोक तङ्नाम (न्वागी पुजा) भब्यताका साथ मनाउने भएको छ |

तेलअविवको  शहर  यादखारूत्चिम स्ट्रीट १५ नम्बरकाे इभ हलमा २०१८, डिसेम्बर १४ तारिख शुक्रबार हुने उक्त कार्यक्रममा याक्थुङ परिकारका भाेजनहरूकाे ब्यवस्था साथै इजरायलमा कार्यरत सम्पुर्ण नेपाली र नेपाली भाषीहरूलार्इ कार्यक्रममा बिभिन्न माध्यमहरू बाट अायाेजक कियाचु इजरायलले निमन्त्रणा गरेकाे छ ।

प्राकृतिक पुजक लिम्बु (याक्थुङ) समुदायकाे परम्परागत संस्कार अनुसार बर्खायाममा लगाएकाे अन्नबाली पाके पछि अाफुले ग्रहण गर्नु र घरमा भित्र्याउन भन्दा पहिले राम्राे संग अन्नबालि पाकेकाेमा माङहरूलार्इ धन्यवाद दिदै उहांहरूलार्इ पहिले चडाएर मात्र अाफुले ग्रहण गर्ने र घरमा भित्र्याउने चलन छ । उधाैली पनि भनेर चिनिन्ने याे चाड मंसिर पुर्णिकाे दिन मानिने  पात्राेमा निर्धारण भए पनि अन्नबालि पाकेपछी चाःसाेक तङ्नाम (न्वाँगी पुजा) सुरू भर्इ एक महिना सम्म चल्ने चलन छ |
उक्त कार्यक्रममा याक्थुङ पोसाकमा कलाकारहरुले याक्थुङ संस्कृती झल्कने बिभिन्न मनोरञ्जनात्मक गीत तथा नृत्य प्रस्तुत गरि कार्यक्रमलाई संगीतमय बनाउने छन्  भने  यो चासोक तङनाम (न्वागी पूजा) साथै सांस्कृतिक कार्यक्रमलाई अझ धमकेदार बनाउनका निम्ति नेपालबाट आमन्त्रित रुकमान लिम्बू र जेपि नेम्बाङको साथमा स्थानीय कलाकारहरुको बेजोड सास्कृतिक प्रस्तुति रहने कुरा किराँत याक्थुङ चुम्लुङ इजरायलकी नुमा काङ्भा बखिमले तिनजुरे अनलाइन लाइ जानकारी गराउदै इजरायलमा कार्यरत नेपाली दाजू भाई तथा दिदिबहिनीहरु उपस्थित भइ कार्यक्रम सफल बनाइ दिनु हुन् हार्दिक अनुरोध समेत गरेकी छन् |

बिदेशकाे ठाउँमा रहेर पनि  भइपरी अाउने साना वा ठुला समस्याहरूमा एकजुट भर्इ सहयाेग अादान प्रदान गर्ने, नेपालमा अार्इपर्ने बिभिन्न किसिमका प्राकृतिक प्रकाेप तथा राेगब्याथाहरू बाट पीडितहरूलार्इ सकेकाे अार्थिक, भाैतिक सहयाेग गर्ने र मुख्य रूपमा अाफ्नाे समुदायकाे भेषभुषा, भाषा, लिपि, कला संस्कृतिहरूलार्इ सम्बर्धन तथा संरक्षण गर्ने उदेस्यले २०१३, अप्रिल १३ तारिख स्थापना भएकाे किरात याक्थुङ चुम्लुङ इजरायलले त्यश समय बाट नै अाफ्नाे उदेस्य अनुसार बिभिन्न गतिविधिहरू गर्दै अाएकाे छ ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

74 + = eighty three