२५६२ औं बुद्ध जयन्ती इजरायलमा भव्यताका साथ मनाईयो।

इजरायल बिसेष

इजरायलमा २५६२ औं बुद्ध जयन्ती  गत शनिबार नेपाली राजदूताबास इजरायलको मुख्य आयोजनामा साथै इजरायलमा स्थापना भएका विभिन्न राजनैतिक, सामाजिक ,जातीय धार्मिक ,साहित्यिक,परोपकारी लगायत  सम्पूर्ण ३९ संघसंस्थाहरुको साथमा इजरायलबाट संचालित अनलाइन मिडियाहरुको सहयोगमा तेलअविव स्थित हगान -१३५ मा रहेको हलमा भव्यताका साथ सम्पन्न भएको छ |

कार्यक्रममा नेपाली दूतावास इजरायलका राजदूत निरञ्जन थापा,नेपालबाट आएका पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे लगायत इजरायलस्थित चीन,श्रीलंका लगायत बिभिन्न देशका कुटनितिज्ञहरूको बाक्लो उपस्थिती रहेको थियो।

कार्यक्रममा बोल्दै पूर्व मन्त्री पाण्डेले बुद्धको जन्मस्थल लुम्बिनी बारे चर्चा गरे। भगवान बुद्ध नेपालमा जन्मिनु सारा नेपालीको लागि गर्वको कुरा भएको र बुद्धभूमि नेपाल भ्रमण गर्न विदेशीहरुलाई आग्रह गर्दै पाण्डेले सम्पूर्ण नेपालीहरुमा एकता बनाईराख्न आग्रह गरे।

त्यस्तै इजरायलमा कार्यरत नेपाली कलाकारहरुले आकर्षक नृत्य प्रस्तुत गर्नुका साथै गीत गाएका थिए। कार्यक्रममा उपस्थित नेपालीहरु नेपाली पहिचान झल्कने भेषभुषामा उपस्थित भएका थिए।बुद्ध जन्मभूमि लुम्बिनी बारे बनाईएको बृतचित्र समेत देखाइएको थियो भने कार्यक्रमको समापनपछि प्रसाद वितरण गरिएको थियो।

 

पाना खबरको सहयोगमा

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − = 14