इजरायलमा नेपाली नयाँ वर्ष २०७६ यशरी हुने भयो भब्य, राजेश पायल राई इजरायल आउदै |

इजरायल बिसेष

इजरायल /

नयाँ बर्ष २०७६ सालको पावन अबसरमा अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखा” द्वारा नेपालीहरुको नयाँ वर्ष २०७६ सालको पवन अवसरमा “नयाँ वर्ष सांगीतिक धमका २०७६” कार्यक्रम अप्रिल १२ तारिख शुक्रबारका दिन आयोजना गर्न लागिरहेको छ । उक्त कार्यक्रमलाई भव्य र सब्य बनाउनको लागि नेपालबाट आमन्त्रित ख्यातिप्राप्त गायक राजेश पायल राईको मनमोहक प्रस्तुतिले मनोरञ्जन गराउनुका साथै अन्तराष्ट्रिय कलाकार मंचका कलाकारहरुको बेजोड प्रस्तुति रहने कुरा आयोजकले जनाएको छ साथै सोहि अवसरमा सबै नेपाली एकै ठाँउमा परिवारीक सद्भाव कायम राख्दै एक आपसमा शुभकामना आदन – प्रदान गर्नुका साथै कार्यक्रममा रम्न र रमाउन, इजरायलमा कार्यरत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु, विभिन्न बिधाका कलाकारहरु, कला प्रेमिहरुमा उपस्थितिको लागि अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल (शाखा ) परिवारको तर्फबाट हार्दिक निमन्त्रणा गरिएको कुरा आयोजकले जनाए  । बिशेस यस नयाँ वर्ष सांगीतिक धमका २०७६” कार्यक्रमको उदेश्य ( Dr. Mahabir pun, national invention center ) मा सहयोग गर्ने भएको हुँदा इजरायलमा रहि विभिन्न उदेश्यले खोलिएका साहित्यिक, सामाजिक, राजनीतिक तथा विभिन्न संघ-संस्था/संगठनका प्रतिनिधिवर्गहरु साथै इजरायलबाट संचालनमा रहेका मिडियाकर्मी मित्रहरूमा, कार्यक्रममा उपस्थित भइ प्रत्यक्ष,अप्रत्यक्ष रुपमा आ-आफ्नो ठाउँबाट सहयोग गरिदिनको लागि आयोजक सस्थाले हार्दिक अनुरोध गरेको कुरा जानकारी गराएको छ I 

सम्पर्क नम्बर :
पेमा लामा : 0537192886
कादम्बरी दाना श्रेष्ठ : 0549405431
कुमार आन्देम्बे ( अबि ) : 0543462324
युनिका गुरुङ : 0586919576
राज लिम्बु : 0545246860
अनिल सिंह राजपुत : 0584218777
पदमा गुरुङ : 0543601160

सुर्य राना 0532358829

नोट -: इजरायलमा भएका बिभिन्न संघ संस्थाका अगुवाइ ज्युहरु लगायत नेपाली दाजु भाई दिदी बहिनिहरु सम्पूर्णले उक्त दिन कुनै पनि कार्यक्रम नजुदाइ दिनुहुन यसै सुचना द्वारा सुचित तथा हार्दिक अनुरोध गर्दछौ । धन्यवाद,

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirty six − 27 =