नेपाली नयाँ बर्ष सांगीतिक साझ २०७५ सफल बनाउन नेपाल आइडल टिम इजरायल आइपुगे |{भिडीयो सहित }

इजरायल बिसेष

तिनजुरे अनलाइन,इजरायल 

गैर आवसिय नेपाली संघ राष्ट्रीय समन्वय परिषद इजरायलको मुल आयोजना , नेपाल आदिवासी जनजाती महासंघ इजरायलको आयोजनामा साथै   इजरायलमा स्थापित बिभिन्न संघ संस्था तथा संगठनहरुको सह आयोजनामा नेपाली नयाँ बर्ष २०७५ साँस्कृतिक साँझ सम्पन्न बनाउनको लागि   नेपाल आइडलका मुख्य तीन कलाकार नेपाल आइडल बुद्ध लामा, दोश्रो निशान भट्टराई र तेश्रो प्रताप दासका साथमा कार्यक्रम संचालक सुशील नेपाल इजरायल आइ पुगेका छन्  |

इजरायलमा कार्यरत  रहेका नेपालीहरु जो बिभिन्न समस्या र जघन्य रोग बाट ग्रसित छन् उनीहरुको सहयोगार्थ स्वरुप आपतकालीन अक्षय कोश खडा गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम सफल बनाउन  आउने नेपाल आइडल  टिमलाइ स्वागत गर्नको लागि आज  बेन्गुरियन एयरपोर्ट तेलअविवमा एनआरएनए इजरायलका महासचिव तेन्जिन शेर्पा,, पुर्व अध्यक्ष दिपक प्रसाद वली, महिला उपाध्यक्ष  सुजाता गौतम, उपाध्यक्ष गोपी गुरुङ, महिला प्रतिनिधी लिला थापा मगर एन आ एन ए का संरक्षक बिशाल ज्ञवाली नेपाल तामाङ घेदुङ का  प्रतिनिधी सारा लामा लगायतका पदाधिकारीहरु र विभिन्न संस्थाका प्रतिनिधिहरु बेन्गुरियन एयरपोर्ट  पुगेका थिए |

https://www.facebook.com/tenjeen.sherpa/videos/10214178148001229/

 

शुक्रबार साझ  तेलअविव युनिभर्सिटि हलमा हुने कार्यक्रम हल सम्म जानको लागि तेल अविभको लेभनिन्स्की पार्क बाट बसको व्यवस्था समेत रहेको  एनआरएनए इजरायलका महासचिव तेन्जिन शेर्पा जानकारी गराउनु भयो ,भोलि हुने कार्यक्रम  सम्पन्न गराउन आयोजक संघ संस्थाहरुले   सम्पूर्ण इजरायलमा कार्यरत  नेपाली हरुमा आग्रह समेत गरेका छन्  |

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× six = sixty