ह्योल्मो समाज इजरायलको आयोजनामा २१४६औं सोनाम ल्होसार मनाइने |

इजरायल बिसेष

तिनजुरे अनलाइन, काठमाडौँ /

ह्योल्मो समाज इजरायलको आयोजनामा २१४६औं सोनाम ल्होसार सदा झैँ नेपाल बाट आमिन्त्रित कलाकार हरुको साथमा भब्य रुपमा मनाइने भएको छ   |

यहि ८ फेब्रुवरी २०१९ शुक्रबारको साँझ तेल अभिवको EVENTO HALL Yagia Kapayim १०  मा  नेपाल बाट आउनु हुने अतिथिहरु   चर्चित सेलो गायक सुमन घले हाँस्यकलाकार एवं  रचनाकार  दावा दोर्जे ह्योल्मो लगायत इजरायलका स्थानिय कलाकारहरुको साथमा बेजोड प्रस्तुति रहने आयोजक ह्योल्मो समाज इजरायलले जानकारी दीएको छ |

 

 पुरानो ल्हो कुकुर ( खि ) बर्गलाई लाइ बिदाइ  गर्दै नया ल्हो फा (सुङ्गुर ) बर्गलाइ स्वागत उक्त कार्यक्रम भव्यताका साथ शु सम्पन्न गरिने तयारी सम्पूर्ण रुपमा पुरा भएको छ हिमाली ह्योल्मोहरुको पुर्खौ देखि मनाउदै आएको रास्ट्रिय नेपाली पर्व तथा ह्योल्मो आदिवासीहरुले मान्दै आएका नया बर्ष सोनाम ल्होसार बिगत १२ बर्ष देखि इजरायलको तेल अविवमा  मान्दै आएको  छन् |गत बर्षहरुमा जस्तै यस बर्ष पनि धार्मिक सांस्कृतिक कार्यक्रम रहने जानकारी अध्यक्ष पेमा डोल्मा ह्यल्मोले तिनजुरे अनलाइनलाइ जानकारी दिनु भयो |

सूचना जस्ताको त्यस्तै

🙏🙏सूचना तथा अनुरोध !!! 🙏🙏
टशिदेलेक !!
ह्योल्मो समाज इजरायल द्वारा २१४६औं सा मो फा ल्हो सोनाम ल्होसार नेपाल बाट चर्चित सेलो/स्याब्रु/म्हेंदो माया गायक सुमन घले र हाँस्यकलाकार एवं म्युजिक कम्पोजर रचनाकार कभर सिंगर दावा दोर्जे ह्योल्मो को समुस्पतिथिमा यहि ८ फेब्रुवरी २०१९ शुक्रबारको साँझ तेल अभिवको EVENTO HALL Yagia Kapayim 10 (EVE पार्टी हलको नजिकै )भव्यताका साथ पुरानो ल्हो कुकुर 🐕( खि ) बर्गलाई लाइ बिदाइ नया ल्हो फा 🐖(सुङ्गुर ) बर्गलाइ स्वागत संगै संयुक्त देर्का (ल्होसार बिशेष सामुहिक भोज ) सम्पन्न गरिने अन्तिम चरणमा पुगेको छ ।
हिमाली ह्योल्मोहरुको पुर्खौ देखि मनाउदै आएको रास्ट्रिय नेपाली पर्व तथा ह्योल्मो आदिवासीहरुले मान्दै आएका नया बर्ष सोनाम ल्होसार बिगत १२ बर्ष देखि इजरायलको तेल अविव शहरमा पनि मान्दै आएको पर्व गत बर्षहरुमा जस्तै यस बर्ष पनि धार्मिक सांस्कृतिक र पराम्पारिक तामझामका साथ् ८ फेब्रुवरी २०१९ शुक्रबार मनाउने भएको छ यस बर्ष धेरै समुदायहरुको कार्यक्रमहरु जुध्न सक्ने सम्भावना भए पनि तिथि मिति र परम्पराको को आधार र समयलाई मद्धेय नजर गर्दै ह्योल्मो समाज इजरायलले उक्त मिति तय गरेका हुन् गत बर्ष शनिबार ल्होसार गर्दा धेरै ह्योल्मो समुदायको गुनासोहरु रहेको हुँदा यसपाली भने शुक्रबार नै पार्ने र संयुक्त देर्का रहेको हुँदा स्वदेशमा ल्होसार मनाउन नपाइ मन दुखि पार्नु भएका ह्योल्मो आजि न्होमो आद न्होहरुलाई मन दुखि नपार्न र समयमै छुट्टी मिलाई ८ फेब्रुवरी २०१९ शुक्रबारको साँझ ह्योल्मो समाज इजरायल द्वारा आयोजित सोनाम ल्होसार साँझ तथा देर्का कार्यक्रममा सहभागी भै शुभकामना आदन प्रदान, माया साटसाट, सामुहिक स्याब्रु (नृत्य ) तथा सामुहिक पारम्परिक नाचगान को साथमा डिजे संगितमा मनोरंजन गर्नको लागि इजरायलमा कार्यरत सम्पूर्ण ह्योल्मो आदिवासि समुदाय लगायत सम्पूर्ण नेपाली समुदायहरुमा शार्बजनिक रुपमा ह्योल्मो समाज इजरायल हार्दिक आव्ह्वान साथै अनुरोध अग्राह गर्दछौ ।
थुज्यिछे !! 🙏🙏
नोट : इजरयालमा सक्रिय नेपाली अनलाइन मिडियाकर्मी ज्यूहरु लगायत स्वदेश बिदेशका सक्रिय मिडिया कर्मी ज्यूहरुलाई यसै सुचनाको आधारमा समाचार तथा सूचना प्रवाह साथै इजरायलमा रहनु हुने प्रतिनिधि ज्यूहरुले प्रत्यक्ष उपतिस्थि भै कार्यक्रमलाई सहयोग पुर्याइदिनु हुन हार्दिक अनुरोध आग्रह गर्न चहान्छौ !
थुज्यिक्षे !

( ह्योल्मो समाज इजरायल परिवार )

आकस्मिक सम्पर्क तथा मिडियाको लागि थप जानकारी लिन परेमा तल उल्लेखित नाम मद्धे जो कोहीलाई सम्पर्क गर्न सक्नु हुनेछ !

अध्यक्ष
Pemba Dolma Hyolmo
प्रमुख सल्लाहकार
बुझुङ लोप्साङ ङिमा ह्योल्मो
महासचिव
Sonam Hyolmo
सचिव
समिर लामा श्याङ्बा

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× four = 40