किराँत याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा इजरायलमा चासाेक तङ्नाम मनाइयो ,

इजरायल बिसेष समाचार

इजरायल-

भेषभुषा,भाषा,लिपि,संस्कृतिको संरक्षण र सम्बर्द्धन गरौं, आफ्नो जस्तै अरुको कला,संस्कृति स-सम्मान,समर्थन गरौं” भन्ने नारा सहित स्थापना भएको संस्था किराँत याक्थुङ चुम्लुङ इजरायलले सदा झैँ यो बर्षपनि याक्थुङहरुको राष्ट्रिय चाड २०७५ (येले तङ्बे ५०७८ ) को चासोक तङ्नाम (न्वागी पुजा) भब्यताका साथ सम्पन्न भएको छ |

गत शुक्रबार बेलुका तेलअविवको शहर यादखारूत्चिम स्ट्रीट १५ नम्बरकाे इभ हलमा  किराँत याक्थुङ चुम्लुङ इजरायलकी अध्यक्षगीता तुम्बाहाम्फेको अध्यक्षता नेपाली राजदुताबाश इजरायलकी नियोग प्रमुख आस्था सुब्बाको प्रमुख आथित्यता, नेपाली आदिबाशी महासंघ इजरायलका अध्यक्ष नरेश कुमार श्रेष्ठ ,एन् आर एन ए इजरायलकी कार्यबाहक अध्यक्ष शान्ता ज्ञवाली अधिकारी इजरायलका विभिन्न संघसंस्थाका अध्यक्ष  प्रतिनिधि,लगायत नेपालबाट आमन्त्रित कलाकार जे .पी.नेम्बांग रुकमान लिम्बु लगायत याक्थुंग जाति लगायत अन्य नेपाली दाजु भाइ दिदि बहिनि हरुको बाक्लो उपस्थिती रहेको थियो |  

किराँत याक्थुङ चुम्लुङ इजरायलका महासचिब कुमार  अवि र सचिब  नुमा काङ्भा बखिमले संचालन गरेको कार्यक्रमको उद्घाटन  एन् आर एन ए इजरायलकी कार्यबाहक अध्यक्ष शान्ता ज्ञवाली अधिकारी किराँत याक्थुङ चुम्लुङ इजरायलकी अध्यक्ष गीता तुम्बाहाम्फे लगायतले दीप प्रज्वलन गरि  उद्घाटन गरेका थिए | 

आफ्नु भाषालिपि संस्कृतिको जगेर्ना गर्न परदेशी भुमिमा यो चाड मनाउन पाउदा खुशी ब्यक्त गर्दै  सन्तोष लिम्बुले मुन्धुम बाचन गरेका थिए |

उक्त कार्यक्रममा याक्थुङ पोसाकमा याक्थुङ हरुको बाक्लो उपस्थिती थियो भने बिभिन्न परिकारका खाने कुराहरुको व्यवस्था रहेको थियो |

कार्यक्रमलाई संगीतमय बनाउन नेपालबाट आमन्त्रित रुकमान लिम्बू र जेपि नेम्बाङको साथमा स्थानीय कलाकारहरुको बेजोड सास्कृतिक प्रस्तुति रहेको थियो भने याक्थुङ दाजु भाइ दिदि बहिनि हरुले धान नाच प्रस्तुत गरेका थिए |

त्यस्तै निलिमा साम्पाङ राईको पहिलो लिम्बु भाषाको गीति एल्बम आसेप्माङको बिमोचन समेत भएको थियो |

 

परदेशको  ठाउँमा रहेर पनि भइपरी अाउने साना वा ठुला समस्याहरूमा एकजुट भर्इ सहयाेग अादान प्रदान गर्ने, नेपालमा अार्इपर्ने बिभिन्न किसिमका प्राकृतिक प्रकाेप तथा राेगब्याथाहरू बाट पीडितहरूलार्इ सकेकाे अार्थिक, भाैतिक सहयाेग गर्ने र मुख्य रूपमा अाफ्नाे समुदायकाे भेषभुषा, भाषा, लिपि, कला संस्कृतिहरूलार्इ सम्बर्धन तथा संरक्षण गर्ने उदेस्यले २०१३, अप्रिल १३ तारिख स्थापना भएकाे किरात याक्थुङ चुम्लुङ इजरायलले त्यश समय बाट नै अाफ्नाे उदेस्य अनुसार बिभिन्न गतिविधिहरू गर्दै अाएकाे छ ।

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× nine = seventy two