ॐ जनजागरण नेपाल शाखा इजरायलको आयोजना श्री स्वस्थानी व्रतकथा तथा फुलपाती बिसर्जन कार्यक्रम सम्पन्न |

इजरायल बिसेष

तिनजुरे अनलाइन/

ॐ जनजागरण नेपाल शाखा इजरायको  आयोजनामा श्री स्वस्थानी व्रतकथा तथा फुलपाती बिसर्जन कार्यक्रम  गत शुक्रवार  तेल अबिब शहरको ओल्फसन ६६ दोस्रो तलामा सव्य तथा भव्यताका साथ सम्पन्न भएको छ |

ॐ जनजागरण नेपाल शाखा इजरायलको अध्यक्ष श्री गौरी माया सुबेदीको  सभापतित्वमा तुलसा पोख्रेल  र सुर्य रानाले संचालन गरेको उक्त कार्यक्रममा  एन आर ए एन् सि सि इजरायलबाट  पेमा डोमा ह्योल्मो  विशिष्ट अतिथि,  श्री सत्य शाई सेन्टर इजरायलका अध्यक्ष श्री नेहा गुरुग विशेष अतिथि ,  ॐ जनजागरणका प्रमुख सल्लाहकार  डम्मर गुरुग  विशेष अतिथि, पण्डित  गणेश पौडेल  साथै इजरायलमा स्थापना भएका  विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि , मीडियाकर्मी लगायतको उपस्थितीमा रहेको  थियो |

कार्यक्रमका  विशिष्ट अतिथि तथा सभापति द्वारा दिप प्रज्वलन गरी समुद्घघाटन गरिएको थियो भने राष्ट्रिय  प्रति सम्मान गर्दै राष्ट्रीय गानको साथमा पण्डित  गणेश पौडेल  बाट स्वति वाचन राख्नु भएको थियो !

शुभकामना मन्तव्य दिने क्रममा विशिष्ट अतिथि    एन आर ए एन् सि सि इजरायलबाट  पेमा डोमा ह्योल्मोले  सुभकामना मन्तब्य राख्नु भएको थियो |
संस्थाकी महिला उपाध्यक्ष माया आचार्य त्यस्तै  , , ॐ जनजागरण नेपाल शाखा इजरायलका प्रमुख सल्लाहकार डम्बर गुरुङ  द्वारा श्री स्वस्थानी परमेश्वरी व्रत कथा तथा फुलपातीको महत्वत दर्शाउदै यसै अवसरमा उपस्थित सबै लाई शुभकामना दिनु भएको थियो !

यसैगरी ॐ जनजागरण नेपाल इजरायल शाखा का नृत्यकार तथा कलाकार समिर छत्याल र ईशा शर्मा  द्वारा शिव , पार्वतीको नृत्य दमदार प्रस्तुत भएको थियो|

साथमा श्री सत्य शाई सेन्टर बाट ग्रुप भजन र ॐ जनजागरण संस्था बाट ग्रुप भजन , अन्जु मोक्तान  तथा माया खनाल बाट एकल भजन सम्पुर्ण उपस्थित भक्तजनहरुको नृत्य प्रस्तुत भएको थियो !
कार्यक्रमको सभापति तथा संस्थाकी अध्यक्ष गौरीमाया सुबेदीले  उक्त कार्यक्रमलाइ  आर्थिक नैतिक भौतिक लगायत प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नु हुने सहयोगी मनहरु साथै  सम्पूर्ण उपस्थित भक्तजन हरु लाई हार्दिक धन्यबाद को साथमा आभार प्रकट गर्दै कार्यक्रम समिक्षा तथा समापन गर्नु भएको थियो |

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × = twenty five