तमू समाज इजरायलको दशौ अधिवेशन हुने !

इजरायल बिसेष

तेलअबिब इजरायल !

काठमाडौं । तमू समाज इजरायलको दशौं अधिवेशन हुँदै छ । आगामी १४ जुलाई २०२३ मा साँझ ७ बजे नोकिय पार्क तेल अभिवमा उक्त कार्यक्रम हुन लागेको आयोजक संस्था तमू समाज इजरायलले सामाजिक सञ्जालमार्फत बताएको छ ।

उक्त संस्था अ‘प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हम’, अर्थात् ‘शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृति हराउछ, संस्कृति हराए मानव जातिको अस्तित्व नै हराउछ” भन्ने मूल नाराका साथ इजरायलमा कार्यरत सम्पूर्ण तमूहरुलाई एकीकृत गरि तमू जातिको मौलिक भेष भुषा, भाषा, लिपि, कला, संस्कार, संस्कृति र पहिचानको सम्बर्द्धन, प्रबर्द्धन गर्दै आपसी सद्भाव, सामाजिक सदभाव कायम राख्दै भई परि आउने कठिन परिस्थितिमहरुमा आर्थिक, नैतिक, भौतिक रुपमा साथ सहयोग गर्ने उदेश्यले २००६ सालमा स्थापना भएको हो ।

इजरायलमा बस्दै आएका सम्पूर्णलाई उक्त अधिबेशमा सहभागिता भइदिन आयोजक संस्थाले हार्दिक अनुरोध समेत गरेको छ ।

💐सूचना सहित हार्दिक निमन्त्रणा💐
🙏छ्याजलो/नमस्कार तानलाई 🙏

“प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु, अर्थात् “शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृति हराउछ, संस्कृति हराए मानव जातिको अस्तित्व नै हराउछ” भन्ने मूल नाराका साथ प्रवास भूमि इजरायलमा कार्यरत सम्पूर्ण तमूहरुलाई एकीकृत गरि तमू जातिको मौलिक भेष भुषा, भाषा, लिपि, कला, संस्कार, संस्कृति र पहिचानको सम्बर्द्धन , प्रबर्द्धन गर्दै आपसी सद्भाव, सामाजिक सदभाव कायम राख्दै भई परि आउने कठिन परिस्थितिमहरुमा आर्थिक, नैतिक, भौतिक रुपमा साथ सहयोग गर्ने उदेश्यले 2006 सालमा स्थापित हाम्रा गौरवमय संस्था तमू समाज इजरायलको आगामी 14 जुलाई 2023 शुक्रबार साँझ 7:00 बजे तेल अभिव स्थित नोकिय पार्कमा तमू समाज इजरायलको दशौं अधिबेशन औपचारिक कार्यक्रम भव्यताको साथ सु -सम्पन्न हुन गईरहेको हुँदा उक्त कार्यक्रममा उपस्थितिको लागि इजरायलमा कार्यरत सम्पूर्ण इजरायलवासी तमू तथा गैर तमू नेपाली दाजु-भाई ,दिदी बहिनि म्हिथेब म्हिथेब्स्योहरुमा सूचना सहित् हार्दिक निमन्त्रणा गर्दछौं! ज्ञासजे!!

मिति -14 जुलाई 2023 शुक्रबार
समय – साँझ 7:00 बजे
स्थान – नोकिय पार्क तेल अभिव

शान्ति तमूस्यो
महासचिव
तमू समाज इजरायल —-

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty ÷ = 4