ह्योल्मो समाज इजरायलको आयोजनामा २१४६औं सोनाम ल्होसार सम्पन्न

इजरायल बिसेष

तिनजुरे अनलाइन इजरायल/

ह्योल्मो हाम्रो पहिचान ह्योल्मो हाम्रो अधिकार भन्ने मुल नाराका साथ इ.स.२००६ मा स्थापना भएको ह्योल्मो समाज इजरायलको आयोजनामा २१४६औं सोनाम ल्होसार इजरायलको तेलअबिब शहरमा गत हप्ता सम्पन्न भएको छ |ह्योल्मो आदिवासि समुदायको नेपाली राष्ट्रिय पर्व एवम् धार्मिक सास्कृतिक महान पर्व २१४६ औ सोनाम लोसार फा स म्हो ल्हो अर्थात् (सुङ्गुर बर्ग) नया बर्ष ) सोनाम लोसार नेपाल बाट आमन्त्रित कलाकार हरुको साथमा सांस्कृतिक कार्यक्रमका साथमा भब्य रुपमा सम्पन्न भएको छ |

उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिवासि जनजांतिय महासंघ इजरायलका बरिष्ट उपाध्यक्ष तारा काउचा मगर, बिशेष अतिथि एन आर एन ए इजरायलका कार्यबाहक अध्यक्ष शान्ता ज्ञवाली अधिकारि, त्यस्तै बिसेष अतिथि नेपाल बाट आमन्त्रित राष्ट्रिय कलाकार सुमन घले  लगायत इजरायलमा स्थापित बिभिन्न संघ संस्थाका अध्यक्ष प्रतिनिधि लगायत इजरायलमा कार्यरत नेपाली दाजु भाइ दिदि बहिनि हरुको बाक्लो उपस्थिती रहेको थियो |

कार्यक्रममा सभापति पेम्बा डोल्मा ह्योल्मोले  स्वागत मन्तव्य, दिद्दिय उपाध्यक्ष सर्किनि ज्याबा ह्योल्मोले  शुभकामना मन्तव्य  त्यस्तै सल्लाहकार एवम सस्कृतिक सँयोजाक छिरिङ मेन्दो ह्योल्मोले गर्नु भएको थियो नेपालमा परापूर्व कालदेखी भुमिपुत्रका रुपमा बसोबास गर्दै आइरहेको ५९ वटा सुचीकृत आदिवासी जनजातिहरु मध्ये ह्योल्मो जाती पनि एक राष्ट्रिय समुदाय रहेको र प्राय ह्योल्मो जातिहरु सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, लगायत नेपालका विभिन्न जिल्लाहरुमा बसोबास गर्दै आएको छन्|

उक्त कार्यक्रममा प्रवासमा रहेर  आफ्नो भाषा लिपि र धर्मलाई जोगाउन अनलाइन मार्फत लिपि र छ्योई (धर्म शास्त्र ) सिक्न सफल मणि  आमाहरु १) दावा डोल्मा ह्योल्मो२) पेम्बा ज्याबा ह्योल्मो३) दिक्कि ल्हामो ह्योल्मो४) निमा याङ्जेन ह्योल्मो५) छिरिङ डोल्मा ह्योल्मो६) साङ्गे खंडो ह्योल्मो७) कोंछुक डोल्मा ह्योल्मो८ मिंमार छुमो ह्योल्मो९) झेठि माया ह्योल्मो१०) रिया ह्योल्मो११) फुर्पा खांडो ह्योल्मो१२ ) पासङ ह्योल्मो१३) दिकि मायाह्योल्मो१४ ) खेंडो ह्योल्मो१५ ) छिरिङ ल्हामु ह्योल्मो१६ ) फुर्पा खेन्ड़ो ह्योल्मो)लाई कदर पत्र द्वारा सम्मान गरिएको थियो |

कार्यक्रम संचालन संस्थाका  सचिब समिर ह्योल्मो ले गरेका थिए भने उपस्थित सम्पूर्ण संघसंस्थाका प्रतिनिधि अध्यक्ष लगायत कार्यक्रम सफल बनाउन  सहयोग गर्नु हुने सम्पूर्ण लाइ धन्यवाद दिदै संस्थाकी अध्यक्ष पेम्बा डोल्मा ह्योल्मोले कार्यक्रम समापन गरेकी थिइन|

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifty two − = fifty