स्वस्थानी ब्रत समापन साथै बृहत आध्यात्मिक प्रवचनको लागि बालब्यास पण्डित मकुन्द नेपाल इजरायल आइपुगे |

इजरायल बिसेष

तिनजुरे अनलाइन,इजरायल/

हिन्दु जागरण नेपाल अभियान इजरायलको आयोजनामा श्रीस्वाथानी सांगे तथा बृहत अध्यात्मिक धार्मिक प्रवचनको लागि कार्यक्रम सफल बनाउन नेपाल बाट आमन्त्रित बालब्यास पण्डित मकुन्द नेपाल इजरायल आइपुग्नु भएको छ |बिहिबार बिहान इजरायलको  बेन्गुरियन  एयरपोर्टमा   सस्थाका सम्रक्षक तथा अध्यक्ष साथै प्रतिनिधिहरु ले  स्वागत गरेका छन|

२२ फेबु्रअरी २०१९ शुक्रबारका बेलुका यशोदामाला ३८ मा बेलुका ६ .३० बाट सुरु हुने उक्त कार्यक्रममा पहिलो चरणमा श्रीस्वस्थानी ब्रत कथा समापन(सांगे) तथा शिबको पुजा अर्चना गरिने छ भने कार्यक्रमको दोस्रो चरणमा बालब्यास पण्डित मकुन्द नेपालको सुमधुर बाणीद्वारा बृहत अध्यात्मिक धार्मिक प्रवचन श्रवण गर्न सकिने हिन्दु जागरण इजरायलले जनाएको छ ।

त्यस्तै कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको महासचिब सुबाश थापाले  तिनजुरे अनलाइन लाई जानकारी दीएका छन् इजरायलमा  स्थापित   धार्मिक, सामाजिक तथा जातीय संघ-संस्थाहरु ,लगायत अन्य संघ संस्था  अनलाइन मिडियाकर्मीहरु तथा इजरायलवासी नेपाली  दाजुभाई, दिदीबहिनीहरुमा  उपस्थितिकोलागि आयोजक संस्था  हिन्दु जागरण नेपाल अभियान इजरायलले हार्दिक अनुरोध समेत गरेको छ । 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

21 − seventeen =