किराँत याक्थुङ चुम्लुङ इजरायलले याक्वा तङ्नाम मनाउने ।

इजरायल बिसेष

किराँत याक्थुङ चुम्लुङ इजरायलले यहि आउदो १७ मे २०१९ (शुक्रबार) लेबेन्स्की ९९ भवनको आठौ तलामा रहेको हलमा बेलुका ६ बजे देखि शुभकामना आदानप्रदान सहित याक्वा तङ्नाम पुजा गर्ने भएको छ |

सूचना जस्ताको त्यस्तै 

‘यक्वा तङ्नाम”
हार्दिक निमन्त्रणा !! हार्दिक निमन्त्रणा !!

याक्थुङ जातिहरु आदिमकाल देखि प्रकृति प्रेमी साथै प्रकृति पुजक भएको कुरा मुन्धुमहरुमा प्रष्ट रहेको छ । मुन्धुमलाई हामी याक्थुङहरुले जिवनको मार्गदर्शनको रुपमा अनुसरण गर्दछौ । त्यसैले प्रकृति र जीवन रक्षाको निम्ति याक्थुङहरुले विभिन्न समयमा देवि देउतालाई भाकेर हावा,पानी,घाम,जुन,आगो,माटो,साथै बालिनालीहरुलाई पुजा गर्ने प्रचलन छ ।
सोही अनुरुप इजरायल बासी याक्थुङहरुको साझा संस्था किराँत याक्थुङ चुम्लुङ इजरायलले यहि आउदो (१७ मे २०१९) शुक्रबार ०६:०० बजे याक्वा तङ्नाम पुजा गर्ने भएकोले समस्त इजरायल बासी याक्थुङ लगायत सम्पुर्ण नेपाली दाजुभाइ,दिदिबहिनीहरुमा उपस्थित भइदिनुहुन हार्दिक निमन्त्रणा गर्दछौं ।

Note: त्यस दिन धेरै कार्यक्रमहरु भएकोले तोकिएको समयमा सुरु गरि १ घन्टा भित्रमा पुजा सक्नु पर्ने हुँदा,समयमै छुट्टिमा हुने महानुभावहरु उपस्थित भइदिन हार्दीक अनुरोध गर्दछौं ।

मिति :- 17 मे 2019 शुक्रवार ।
स्थान :- लेबेन्स्की 99 तला : 8
समय :- 06:00 (pm) बजे पुजा सुरु हुने ।

किराँत याक्थुङ चुम्लुङ इजरायल परिवार ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixty one + = sixty four