उभौली सिली (यले दोङ)५०७९ इजरायलमा मनाईदै,गायक शम्भु राई,ब्रबिम लिम्बु इजरायल आउदै |

इजरायल बिसेष

तिनजुरे अनलाइन/

बिश्वका किरात राईहरु एक हौ,आफ्नु भाषा ,लिपि,कला संस्कृति,संरक्षण र सम्बर्धन गरौ भन्ने मूल नाराका साथ इ.स. २०१२ मा  स्थापना भएको किरात  राई यायोख्खा नेपाल इजरायलको आयोजनामा उभौली सिली कार्यक्रम (यले दोङ) ५०७९  आउदो मे १७ तारिक बेलुका ७ बजे  याद खरुचिम १५ तेलअबिबमा  भब्य रुपमा मनाइने भएको छ |

कार्यक्रमलाई सफल र मनोरञ्जनात्मक बनाउनको निमित्त नेपालबाट आमन्त्रित  राष्ट्रिय कलाकार हरु  शम्भु राई ,ब्रबिम लिम्बुको साथमा  स्थानिय कलाकारहरुको बेजोड सांगितिक प्रस्तुति समेत  रहने कुरा आयोजक संस्थाकी अध्यक्ष बबिना राईले तिनजुरे अनलाईन डट नेटलाइ जानकारी  दिनु भएको  छ | 

प्रत्येक वर्ष बैशाख पुर्णिामा देखि  भव्य रूपमा किराँती रितीअनुसार भूमीको पूजा गरी उभौली चाड अर्थात भूमी पूजा गरी साकेला शिलि नाच्दै १ महिना सम्म मनाइने यो पर्बमा  प्रकृतिलाई खुशी पार्नकालागि हरेक वर्ष वाली लगाउने समय बुद्ध जयन्ति  अर्थात बैशाख पुर्णिामा उभौली  र अन्न वाली पाकिसकेपछि खुशियाली मनाउदै उधौली  (मंसिरे पूर्णिमा) विशेषरूपले खुशियाली साथ आफ्नो प्रमुख चाडका रूपमा मनाउने गर्दछन्  । किराँत-राईहरूले आफ्ना यो विशेष पर्व साकेला साकेन्वा ऋतु परिवर्तनसँगै वर्षमा दुई पटक मनाउँछन् । उभौली र उधौलीका रूपमा बालीनाली लगाउने र थन्क्याउने अवसरमा यो चाड मनाइन्छ । अन्नबाली लगाउने समयमा मनाइने चाड उभौली बालीनालीमा रोगव्याधि नलागोस्, बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपबाट बाँचियोस् तथा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगत्को रक्षा गरून् भन्ने कामनाका साथ यो पर्ब मनाउने गरेका छन |

बिदेशकाे ठाउँमा रहेर पनि जन्मभुमिमा भइपरी आउने बिभिन्न किसिमका प्राकृतिक प्रकाेप तथा राेगब्याथाहरू बाट पीडितहरूलाइ  सकेकाे अार्थिक, भाैतिक सहयाेग गर्ने  र मुख्य रूपमा आफ्नु  समुदायकाे भेषभुषा, भाषा, लिपि, कला संस्कृतिहरूलाई सम्बर्धन तथा संरक्षण गर्ने उदेस्यले  २०१२ , मा  स्थापना भएकाे यश संस्थाले  त्यश समय बाट नै आफ्नाे उदेस्य अनुसार बिभिन्न गतिविधिहरू गर्दै आएकाे संरक्षक कुमार राईले जानकारी दिनु भयो  ।

उक्त कार्यक्रममा इजरायलबासी सम्पुर्ण नेपाली तथा नेपाली भाषी दाजुभाई, दिदिबहिनी, बुद्दिजिबी , बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि  लगायत इजरायलमा कार्यरत सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदि बहिनि हरुमा  उपस्थितिको लागि किरात  राई यायोक्खा नेपाल इजरायलले सम्पूर्ण नेपालीहरु प्रति अनुरोध समेत गरेको |

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ one = two