विश्व नेपाली साहित्य महासंघ इजरायल शाखाको आयोजनामा २०५ औं आदिकवी भानुभक्त आचार्यको जन्म जयन्ति इजरायलमा मनाइदै|

इजरायल बिसेष

तिनजुरे अनलाइन् /इजरायल

विश्व नेपाली साहित्य महासंघ इजरायल शाखाको आयोजनामा हरेक बर्ष झैँ यस बर्ष पनि  इजरायलमा राष्ट्रिय विभूति  आदिकवी भानुभक्त आचार्यको २०५ औं जन्म जयन्ति तथा पाचौ रचना वाचन कार्यक्रम आउदो जूलाई महिनाको १३ तारिख साँझ ६बजे यशोदामाला २९ एक हलमा भब्यरुपमा मनाउने सस्थाकी अध्यक्ष सानु गुरुंगले तिनजुरे अनलाइन लाइ  जानकारी गराउनु भयो  ।

उक्त कार्यक्रममा अझ बढी साहित्यमय रोनकता ल्याउने उद्देश्यले बिशेष साहित्यिक कार्यक्रम रचना वाचन र भानु भक्त जन्म जयन्ती सभ्य र भव्यता पुर्वक मनाउन गइरहेको हुदा,इजरायलमा कार्यरत सम्पूर्ण महानुभावहरुलाई गरिमामय उपस्थितिको लागी हार्दिक अनुरोध गरेको छ  !

सूचना जस्ताको त्यस्तै 

हार्दिक निमन्त्रणा 🌹🌹
नमस्कार , साहित्यिक न्यानो अभिवादन !
विश्व नेपाली साहित्य महासंघ इजरायल शाखाको आयोजनामा हरेक बर्ष झैँ यो बर्ष पनि नेपाली भाषा साहित्यको जगेर्ना र उजागर गर्ने हेतुले इजरायलमा राष्ट्रिय विभूति नेपाली भाषाका आदिकवी भानुभक्त आचार्यको २०५ औं जन्म जयन्ति तथा पाचौ रचना वाचन कार्यक्रम आउदो जूलाई महिनाको १३ तारिख साँझ ६बजे यशोदामाला २९ मा सम्पन्न हुन गइरहेको छ । उक्त कार्यक्रममा अझ बढी साहित्यमय रोनकता ल्याउने उद्देश्यले बिशेष साहित्यिक कार्यक्रम रचना वाचन र भानु भक्त जन्म जयन्ती सभ्य र भव्यता पुर्वक मनाउन गइरहेको हुदा,इजरायलमा कार्यरत सम्पूर्ण महानुभावहरुमा गरिमामय उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछौ !
जय साहित्य
विश्व नेपाली साहित्य महासंघ शाखा इजरायल परिवार।
मिति =13 जुलाई 2018
स्थान =यसोदामाला 29.तेस्रो तल्ला
समय = साझ ठिक 6 बजे

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + three =