नेवा खल: इजरायल द्वारा पुर्ब अध्यक्ष श्रेष्ठ लाई बिदाई, कार्यक्रम सम्पन्न !

इजरायल बिसेष

तीनजुरे अनलाइन /

नेवा खल इजरायल द्वारा पुर्ब अध्यक्षतथा  वर्तमान सल्हाहकार  आरोह श्रेष्ठ लाइ  बिदाई  कार्यक्रम सम्पन्न भएको छ प्रबासमा भुमि इजरायलमा रहेता पनि आफ्नो भाषा, धर्म ,कला संस्कृति,भेषभूषा,चाडपर्ब साथै नेवा: राष्ट्रिय पहिचानहरुलाई संरक्षण र सम्बर्द्धन गर्नु पर्छ भन्ने मूल उद्देश्यका साथ इस्बी सम्बत २०१० सालमा स्थापना भएको नेवा: खल: इजरायलले गत  शुक्रबार पूर्व अध्यक्ष  आरोह श्रेष्ठको  बिदाइ कार्यक्रम आयोजना गरिएको थियो।

नेवा:खल: इजरायलकी बर्तमान अध्यक्ष मनु श्रेष्ठको  सभापतित्वमा महासचिब बिमला श्रेष्ठले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि नेफिन इजरायलका अध्यक्ष श्री नरेश कुमार श्रेष्ठ  साथै कार्यसमितिका पदाधिकारी एबं सदस्य हरुको उपस्थिती रहेको थियो । बीबीसीई न्युजका प्रधान सम्पादक समेत रहेका श्रेष्ठ बिश्व नेपाली साहित्य महासंघ इजरायलका सल्हाकार समेत हुन् ।

कार्यक्रममा उपस्थित अतिथिहरु लगायत सम्पूर्ण कार्यसमितिका पदाधिकारी एबं सदस्य ज्युहरुले अबीर र खदा लगाई शुभ यात्राको कामना गर्नु भएको थियो र अन्तमा उहाँले नेवा: खल: ईजरायलमा रही तन, मन, कर्म र बचनले आर्थिक, नैतिक,भौतिक रुपमा साथ र सहयोग गर्नु भएकोमा हार्दिक धन्यबाद ब्यक्त गर्दै आभार प्रकट गर्दै संस्थाको तर्फबाट सम्मान प्रमाण पत्र सहित मायाको चिनो र फूल गुच्छा अबीर र खदाले ससम्मान विदाई गर्दै शुभ यात्राको कामना सहित उपस्थिति सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै अध्यक्ष मनु श्रेष्ठ ज्यूले कार्यक्रम समापन गर्नु भएको थियो ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ fourteen = twenty