इजरायलमा २५ औ विश्व आदिवासी दिवस मनाइदै ,केन्द्रिय उपाध्यक्ष इजरायल आउने ।

इजरायल बिसेष
इजरायल । नेपाल आदिवासि जनजाति महासंघ इजरायल (नेफिन इजरायल) ले २५ औ विश्व आदिवासी दिवस मनाउने भएको छ ।२५ औ विश्व आदिवासि दिवस (अगस्ट ९) मा भएपनि इजरायलको काम र छुट्टीलाई मध्य नजर गर्दै १६ अगस्ट २०१९ शुक्रबारका दिन तेलअबिभमा मनाउन लागेको हो ।

”विश्वका आदिवासी जनजातिहरु एक हौ, आफ्नो भाषा, भेषभुषा, लिपि, कला, धर्म र संस्कृतिको संरक्षण् र सम्बर्धन गरौ, संयुक्त रास्ट्र संघ महासभाले सुनिस्चित गरेको आफ्नो हक र अधिकारको सदुपयोग गरौ” भन्ने मुल नाराको साथ कार्यक्रमको तयारी गरिएको छ ।कार्यक्रमको प्रमुख अतिथिमा नेपाल आदिवासि जनजाति महासंघ केन्द्रिय उपाध्यक्ष एबं शाखा विदेश प्रमुख गोबिन्द छन्त्याल आउने भएका छन्।

कार्यक्रम रास्ट्रीय भेष-भुषामा झाकी सहित उपस्थित भै मातृभाषामा मौलिक नृत्यहरु प्रस्तुत गर्दै आदिवासी जनजातिहरुको बिषयमा प्रशिक्षण् तथा जानकारी मुलक कार्यक्रमको साथमा भब्यताको साथ् मनाउन तयारी गरिदै गरेको नेफिन इजरायलकी ब.उपाध्यक्ष पेम्बा डोल्मा ह्योल्मो जानकारी दिएकी छिन् ।

साथै सोहि कार्यक्रमको अबशरमा  भाग्यसाली चिट्ठा उपहार कार्यक्रम समेत राखीएको  जसमा कार्यक्रम हल प्रवेश – निशुल्क चिठ्ठा पहिलो  पुरस्कार :- एक तोला सुन दोश्रो  पुरस्कार :- IPAD 9.7inch तेस्रो पुरस्कार :- SAMSUNG MOBILE A30 चौथो पुरस्कार :- POWER BANK 16000mAh पाचौ पुरस्कार :-POWER BANK 16000mAh र भाग्यसाली चिट्ठाको लागि  मूल्य ३० सेकेल रहेको आयोजकले जानकारी दीएका छन्  ।

यो पनि हेरौ 


नेपाल आदिवासी जनजाति महासंघ इजरायलको सातौं बार्षिकोत्सव तथा साधारण सभा इजरायल  (भिडियो )

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven × = thirty five