एनआरएनए इजरायलको नया समिति चयन, अध्यक्षमा शान्ता ज्ञवाली अधिकारी !

इजरायल बिसेष

इजरायल | 

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए/एनसीसी) इजरायलले ०१९/०२१ को नया कार्यसमिति चयन गरेको छ ।संघको छैठौं राष्ट्रिय अधिवेशनको लागि अध्यक्ष लगायत सचिव बाहेकको पदहरुमा कसैको पनि प्रतिद्वन्द्वीको रुपमा उमेदवारी दर्ता नपरेपछि शान्ता अधिकारी ज्ञवालीको नेतृत्वमा १५ पदहरुमा एकलौटी निर्विरोध निर्वाचित हुनुभएको हो ।

 

नव निर्वाचित पदाधिकारीहरुमा

आइसीसी सदस्य – विशाल ज्ञवाली,

अध्यक्ष – शान्ता अधिकारी ज्ञवाली,

बरिष्ठ उपाध्यक्ष – गणेश गिरि,

उपाध्यक्ष – निलम गिरि,

महिला उपाध्यक्ष – माला गोले तामाङ

, महासचिव – श्रीकृष्ण भण्डारी,

सह-सचिव – भरत बहादुर थापा,

कोषाध्यक्ष – सुनीता भट्टराई,

सह-कोषाध्यक्ष – अलि महमद मिया,

महिला प्रतिनिधि – सुष्मा शाही (सुमी),

पुरुष प्रतिनिधि – डी बी बुढाथोकी

र सदस्यहरुमा अर्पना कुमारी चौधरी,

राधा बास्तोला,

सिन्धु पौडेल,

सावित्री देवी सुनुवार

रहेका छन् भने सचिब पद हाललाई खाली राखिएको छ । निर्वाचन समितिले औपचारिक रुपमा कार्य समितिको पदधिकारीहरुको घोषणा छैटौ राष्ट्रिय अधिवेशनको तोकिएको मिती १४ सेप्टेम्बर (शनिबार)को दिन घोषणा गर्ने बताएको छ ।

संघको छैठौं राष्ट्रिय अधिवेशनको लागि निर्वाचन समिति संयोजकमा सुवास खरेल, सचिव: खगेश्वर अधिकारी र सदस्यहरुमा बीबी लामा तामाङ, सुन्दर नेपाल र सन्दिप भण्डारीको ५ समिति तयार गरिएको थियो ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × = three