राष्ट्रिय नेवा: खल: ईजरायलको १२ औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न, अध्यक्षमा ज्योति प्रधान चयन !

इजरायल बिसेष

तिनजुरे अनलाइन !

राष्ट्रिय नेवा: खल: ईजरायलको १२ औं वार्षिकोत्सव तथा साधरण  सभा गत  सम्पन्न भएको छ ।

२०२३ जुन ९ मा सम्पन्न राष्ट्रिय नेवा:खल ईजरायलको १२ औं वार्षिकोत्सब तथा साधारण सभाबाट ज्योति प्रधान अध्यक्षमा निर्वाचित भएकी छिन् ।

राष्ट्रिय नेवाः खलः इजरायलको नयाँ कार्यसमितिमा ज्योति प्रधानको अध्यक्षतामा वरिष्ठ उपाध्यक्षमा सुनिल बज्राचार्य, प्रथम उपाध्यक्षमा टंक श्रेष्ठ, दितिय उपाध्यक्षमा अमिरा श्रेष्ठ महासचिव प्रकाश श्रेष्ठ, सचीवमा राजु श्रेष्ठ, कोषाध्यक्षमा प्रबिन श्रेष्ठ र सह–कोषाध्यक्षमा सरस्वती श्रेष्ठ चयन भएका छन् ।

यस्तै सदस्यहरुमा प्रियङका श्रेष्ठ , समीर श्रेष्ठ र राज भाइ प्रजापति रहेका छन् ।

निवर्तमान कार्यसमितिकि अध्यक्ष  राजकुमारी श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त वार्षिकोत्सब तथा साधारण सभाको प्रमुख अथितीमा इजरायलका लागि नेपाली महामहिम राजदुत कान्ता रिजाल रहेकी थिइनँ । प्रमुख अथिती रिजालले उक्त कार्यक्रमको उट्घाटन गरेकी थिइन।

उक्त अवसरमा इजरायलमा एनआरएन इजरायलका अध्यक्ष  गणेश गिरि लगायत इजरायलका रहेका बिभिन्न राजनैतिक धार्मिक सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।

नयाँ समितिको संरक्षक सदस्यहरुमा कादम्बरी दाना श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, मनु श्रेष्ठ, सुनिता श्रेष्ठ, बिमला श्रेष्ठ र स्वस्तिका श्रेष्ठलाई चयन गरेको छ भन्ने सल्लाहकारमा निवर्तमान अध्क्षय राजकुमारी श्रेष्ठ , कटक श्रेष्ठ रहेका छन् ।

राष्ट्रिय नेवा: खल: ईजरायलको १२ औं अधिबेशन तथा साधरण सभा कार्यक्रम सफलताको लागि प्रत्यक्ष तथा विभिन्न माध्यमद्वारा शुभकामना व्यक्त गर्ने सबै संघ संस्थाहरुप्रति नेवा: खल: ईजरायलले हार्दिक धन्यवाद प्रकट गरेको छ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− six = 4