लोकप्रिय गायक दुर्गा बिसीको अर्को मार्मिक गीत “मृत्यू पछिको सिन्दुर” सार्बजनिक,एकपटक सुन्नै पर्ने |

इजरायल बिसेष भिडियो

तिनजुरे अनलाइन/

लोक प्रिय गायक दुर्गा बिसीले  एकपछि अर्को गर्दै फेरी नया एल्बम बजारमा सार्बजनिक गरेका छन् |सुरेश रमण अधिकारीको लय,  चर्चित गायिका बिष्णु माझी र गायक तथा सर्जक दुर्गा बि सीको सुमधुर आवाजमा सजिएको मार्मिक लोक दोहोरी गीति कोसेली’मृत्यू पछिको सिंन्दुर’ भावना सलुसन प्रा लि मार्फत बजारमा  सार्बजनिक् गरेका हुन् |

परिकल्पना अनि  प्रस्तुत नेउपाने प्रेम प्रकाश र सीता कान्छिले गरेको मार्मिक यश गीतमा जती माया भए पनि मृत्यूले अंगाले पछि कस्को नै के लाग्छ र? यस्तै माया गर्ने जोडिको बियोगानात प्रेम कहानिलाई समेटी तयार पारिएको मार्मिक गीतको म्यूजिक भिडियोमा चर्चित मोडल अञ्जली अधिकारी ,बिमल अधिकारि  र अञ्जुको अभिनय,कपिल लामाको निर्देशन,राजेश घिमिरेको छायाँकन रहेको छ भने उक्त म्यूजिक भिडामियोलाई अमर शाक्यले सम्पादन गरेका छन ।

गायक तथा संगीतकार सर्जक बिसीको  यो गीत नै पहिलो गीत भने हैन यो  भन्दा पहिला पनि जाले रुमाल धुम्ला मायालु, अंगुर पाकेको, परदेशि छोरा, लगायतका थुप्रै गीतहरु चर्चित बनि सकेका छन् | पछिल्लो समय अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल (शाखा ) का गायन उप प्रमुख समेत रहेका उनले  समय परिस्तिथि  अनुसार नै  जस्तो सुकै गीत पनि सिर्जना गरि गाउन सक्ने गायक हुन|

केहि समय अघि उनले सबैका प्रिय बनेका रबिको कामको तारिफ गर्दै गीत बनाएका थिए । रबि को तारिफ गर्दै गीत गाउने उनि पहिलो भने हैनन। उनले आफ्नो गीत मा मार्मिक अर्थ दिने सब्द प्रयोग गर्दै गाएका छन्।उनि गीतमा भन्छन :
रबि सबैका आँखाको नानी हुन, जनता हेर्छन कसरी थुन्छस थुन , नेपालमा न्याय हरायो, सुशासन गरौ भन्दा भ्रष्टाचार रोकौ भन्दा उसैलाइ कानुनले दोषी ठहरायो।रबि दाइको बिरोधि कतिछौ , पछुताउछौ उफ्रने जति छौ , नेपालमा न्याय हरायो, सुशासन गरौ भन्दा भ्रष्टाचार रोकौ भन्दा उसैलाइ कानुनले दोषी ठहरायो। मान्ने छैनन् रविले कहिले हार गर्नेछन सधै दलाललाई खबरदार। नेपालमा न्याय हरायो, सुशासन गरौ भन्दा भ्रष्टाचार रोकौ भन्दा उसैलाइ कानुनले दोषी ठहरायो……………………..

प्रतिक्रिया:

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixty six ÷ twenty two =