चितवन समाज इजरायलको चौथो अधिवेशन हुने !

इजरायल बिसेष पत्रपत्रिका

तीनजुरे अनलाइन /

“चितवनको बिकाश र सामाजिक भावना, समाजको एकता समृद्धिको चाहना “भन्ने नाराका साथ स्थापना भएको चितवन समाज इजरायलको चौथो अधिवेशन अगस्ट  ३१ तारिक ओल्फ्सोन ६६ तेलअबिभमा बिहान ११ बजे बाट हुने भएको छ ।

बिदेशकाे ठाउँमा रहेर पनि  चितवन साथै नेपालमा भइपरी आउने साना वा ठुला समस्याहरूमा एकजुट भइ  सहयाेग प्रदान गर्ने, नेपालमा आइपर्ने बिभिन्न किसिमका प्राकृतिक प्रकाेप तथा राेगब्याथाहरू बाट पीडितहरूलाई सकेकाे आर्थिक , भाैतिक सहयाेग गर्ने उदेश्यका साथ इ.स.२०१४ मा स्थापना भइ विभिन्न पिडित लाइ सहयोग गर्दै आएको छ !

हरितालिका तीज लाइ मध्य नजर गर्दै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिका सम्पन्न हुने  कार्यक्रममा  इजरायलमा कार्यरत   समाजसेवी , बुद्धिजीवी , पत्रकार बिभिन्न संघ संस्था  लगायत सम्पुर्ण नेपालीभाषी दाजुभाई तथा दिदीबहिनीहरुमा  उपस्थिति भई कार्यक्रमलाई भब्य र सभ्यरुपमा सफल पारिदिनुहुन  चितवन समाज इजरायल परिवारले  अनुरोध गरेको छ !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− six = one