हरितालिका तीज नजिकै आउदा इजरायल देखि सार्बजनिक भयो “फुरुरु “

इजरायल बिसेष गीत संगीत

तिनजुरे अनलाइन ,

हिन्दु नारिहरुको महान पर्ब हरितालिका तीज नजिक आउदै गर्दा परदेशीको कथा बेदनाले भरिएको “फुरुरु” बोलको तीज गीत सार्बजनिक भएको छ ।गीतमा तिज महिला दिदि बहिनि हरुको वेदना पोको फुकाउने चाड बिशेष भएकोले एउटी चेली लामो समय पछि घरदेखि माइतीमा जाँदै गर्दाको खुशी ब्यक्त गरिएको छ साथै चेलि र माइतिको बेदना लाइ यतार्थ वास्तविकतालाइ गीतमा प्रस्तुत गरिएको छ।

गायक गायिका हरु, सुर्य राना, दुर्गा बिसी,माया खनाल, अन्जु मोक्तान , को आवाज रहेको उक्त तीज गीतमा सब्द माया खनाल,सुर्य राना, दुर्गा बिसी,को रहेको छ त्यस्तै लय दुर्गा बिसी, अबिनय सुर्य राना, दुर्गा बिसी,माया खनाल,अन्जु मोक्तान कादम्बरी दाना श्रेष्ठले गरेका छन् भने म्युजिक एरेन्ज :- कमल सौरागले गरेका हुन ।

नृत्य कलाकार हरुमा सोसि श्रेष्ठ , इशा शर्मा , काब्या क्षेत्री, प्रिनिसा कन्दवा र सोनि योन्जन साथै इजरायल बासी दिदी बहिनी दाजु भाइ रहेको छन् अनिल सिंह राजपुतको निर्देसनमा बनेको यश गीतमा बिस्नु शर्माले सम्पादन गरेका हुन् ।

यश गीतलाई शुभारम्भ डिजिटल म्युजिक मार्फत बजारमा आएको हो !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifty one − = 46