इजरायलमा रविको समर्थनमा रहेका नेपालीहरु एकजुट हुदै

पत्रपत्रिका

इजरायल ।

सिधा कुरा जनता संग कार्यक्रमका प्रस्तोता चर्चित पत्रकार रवि लामिछाने पक्राउ पश्चात देश भर यो चर्चाको विषय बनेको छ। चितवन जिल्लामा दिनहुँ रविको समर्थनमा प्रदर्शन भइरहेका छन् भने इजरायबाट पनि लामिछानेको समर्थनमा नेपालीहरुले आफ्ना आवाजहरु सामाजिक सञ्जालहरुमा छरपष्ट पार्दै आइरकहेका छन् ।

यसै क्रममा इजरायलमा रहेका केहि नेपालीहरुले आपसी सल्लाहमा रवि लामिछानेको न्यायको पक्षमा भेला हुने निर्णय गरेका गर्दै इजरायलमा रहेका रवि लामिछानेका कामको प्रसंशक,समर्थक र न्यायको पक्षमा रहनु हुने सम्पूर्णलाई उपस्थितिको लागी फेसबुकमार्फत अनुरोध गरेका छन् ।

सामाजिक अभियन्ता राम ढुंगानाले फेसवुक स्टाटस मार्फक एक सुचना सार्वनिक गर्दै भनेका छन् – “न्युज २४ बाट प्रसारण हुने चर्चित र लोकप्रिय कार्यक्रम #सिधा_कुरा_जनतासँगका कार्यक्रम सञ्चालक रवि लामिछानेलाई उनकै पूर्व सहकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहन गरेको आरोपमा प्रहरीले केही दिनअघि पक्राउ गरेर हिरासातमा राखेको कुरा हामीहरु लगभग सबैलाई थाहै छ ।

समाजका विकृती,विसंगती,बेथिती र भ्रष्टचार विरुद्ध खरो रुपमा आवाज उठाएका, अन्यायमा परेकाहरुलाई न्याय दिलाएका र वैदेशिक रोजगारीमा गएर अफ्ठ्यारोमा परेकाहरुलाई समेत उद्धार लगायत थुप्रै अनुकरणीय काम गरेर हामी धेरैको मनमा बस्न सफल व्यक्ति हुन् रवि लामिछाने ।

निमुखाहरुको आवाज बोल्दिने रवि लामिछानेलाई नियोजित तरिकाले उनले नगरेको गल्तीमा फसाऊन खोजेर उनको आवाज सधैंलाई बन्द गराऊने गम्भीर षडयन्त्र भईरहेको हामी अधिकाँशले महसूश गरेका छौं।

हामी केहि साथीहरुले सल्लाह गरेर रविको न्यायको पक्षमा भेला हुने निर्णय गरेका छौं।इजरायलमा रहनु भएका रवि लामिछानेका कामको प्रसंशक,समर्थक र न्यायको पक्षमा रहनु हुने हजुरहरु सम्पूर्णलाई उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछौं।”

स्थान : तेलअभिव लेविन्स्की पार्क
मिती : अगस्ट २३ तारिख शुक्रबार
समय: साँझ ५ बजे

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventy two − = 70