नेपाली जनसम्पर्क समिती इजरायलले अन्तरक्रिया, प्रशिक्षण, साथै जागरण कार्यक्रम गर्ने,नेता प्रदिप पौडेल इजरायल आउदै

इजरायल बिसेष

काठमाडौं ।

 

नेपाली जनसम्पर्क समिती इजरायल परिवारले आगामी डिसेम्बर १३ तारिक शुक्रबारको दिन इजरायको तेल अभिब शहरमा भब्य  जागरण र अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।

जागरण अभियान कार्यक्रमको लागि प्रमुख बक्ता तथा केन्द्रिय प्रतिनिधि नेपाली काङ्ग्रेसका चर्चित बौद्धिक नेता आमनेपाली युवाहरुको प्रेणता नेपाल बिद्यार्थीसंघका पुर्वकेन्द्रिय अध्यक्ष तथा नेपाली काङ्ग्रेसको केन्द्रिय सदस्य प्रदिप पौडेल सहभागी हुने तय भएको नेपाली जनसम्पर्क समिती इजरायलका महामन्त्री राज छत्कुलिले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा इजरायलमा रहनु हुने सम्पुर्ण पेशाकर्मी, बिद्यार्थी, सामाजिक ब्यक्ति तथा इजरायल लाई कर्म थलो बनाएर बस्नु हुने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनी हरु उपस्थित हुन आग्रहपनि गरिएको छ ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × = thirty six