राष्ट्रिय नेवा:खल इजरायलले  नेपाल सम्बत् ११४३ र ‘म्ह: पुजा’ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै !

इजरायल बिसेष

तिनजुरे अनलाइन !

राष्ट्रिय नेवा:खल इजरायलले इजरायलमा नेपाल सम्बत् ११४३ र ‘म्ह: पुजा’ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम इ . स. २०२२ अक्टोबर २६ तारिख बुधबार सम्पन्न गर्ने भएको छ !

“नेपाल सम्बत् ११४३” पहिलो दिन ‘कछलाथ्व पारु’ ‘म्ह: पुजा’ बुधबार परेकाले सोहि दिन उक्त कार्यक्रम हुने आयोजक संस्थाले जनाएको छ ।

कार्यक्रम ईजरायलको तेलअविव स्थित एभरेष्ट डिस्को हल (ताखाना मार्काजित) तेश्रो तलामा  मौलिक एवं सांस्कृतिक राष्ट्रिय पर्ब ‘स्वन्ति नख: म्ह: पुजा, न्हू दँ ११४३ भिन्तुना’ शुभकामना आदान-प्रदान, साथै मनोरंजनात्मक सांगितिक कार्यक्रम साथै ‘धमाका भाग्यशाली चिट्ठा’ को साथमा हुन लागेको महासचिव प्रकाश श्रेष्ठले जानकारी दीएका छन !

उक्त कार्यक्रममा इजरायलमा रहनुभएका सम्पूर्ण नेपालीहरुलाई सहभागी भइदिन आयोजक संस्थाले  विज्ञप्तीमार्फत अनुरोध गरेका छन् भने मौलिक भाषा, लिपि, धर्म ,कला संस्कृति, भेषभूषा, नेवा: पहिचान साथै चाड पर्बहरुको संरक्षण एबं संबर्द्धन गर्नु पर्छ भन्ने मुख्य उद्देश्यका राष्ट्रिय नेवा खल: इजरायल२०१० सालमा स्थापना  भएको हो !

म्ह पुजा चन्द्रमानक नेपाल सम्वत् अनुसारको नयाँ वर्षको सुरुवात कछलाथ्व पारु (कार्तिक शुक्लपक्ष प्रतिपदा) तिथिका दिन नेवार समुदायले मनाउने पर्व हो । यस पर्वमा हिन्दु तथा बौद्ध दुवै समुदायका नेवारहरूले आफूले आफैलाई पुजा गरी सुस्वास्थ्य तथा दिर्घायुको कामना गर्ने गरिन्छ । यसका लागि परिवारका सबै सदस्यहरू अनिवार्य रूपमा एकै ठाउँमा बसी आफूलाई मण्डलमा प्रतिविम्वित गरी आफैले आफ्नो पुजा गरिन्छ । म्ह पुजा हिन्दु तथा बौद्ध दुवैले श्रद्धापूर्वक मनाउने भएकोले पर्वलाई धार्मिक समन्वयको कडीको रूपमा पनि लिइएको छ । म्ह पुजाका लागि परिवारको सबै भन्दा जेठी आमाले पुजा अघि सारी आफ्नो आफै पुजा गर्न लगाइन्छ । आफ्नो प्रतिविम्व सार मण्डलमा चित्रित गरी आफूलाई चिन्ने ज्ञानदर्शन प्राप्त गरी जीवन सुख आनन्दमय वनाउने र सुस्वास्थ्य दिर्घायुको कामना गर्ने गरिन्छ । विदेशमा वसेका नेपालीहरूले पनि यस म्ह पुजालाई आफ्नो मौलिक पहिचानका रूपमा मनाउने गरेको

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirty five ÷ 35 =