अनिरुद्र सुवेदीद्वारा बुबाको पुण्यतिथीको अवसरमा मानवसेवा आश्रम चितवनमा सहयोग

इजरायल बिसेष समाचार सामाजिक

पर्वतः पर्बत जिल्ला कुस्मा नगरपालिका १० सिमखेत स्थायी घर भई हाल इजरायलमा रहनुहुने चितवन समाज इजरायलका सल्लाहकार तथा बुद्धसन्देश डट कमका प्रधान सम्पादक अनिरुद्र सुवेदीद्वारा आफ्नो स्व बुवा तुल्सी प्रसाद सुवेदीको पुण्यतिथिको अवसरमा मानवसेवा आश्रम चितवन शाखाका गरिमा लक्ष्मीनारायण आमाबुबा,दाजुभाई,दिदीबहिनी र बालगोपाल बाबुनानीहरूलाई बेलुकिको भोजन सेवाका साथसाथै १४ थान ब्लाङकेट सप्रेम अर्पण गर्नुभएको छ ।

उक्त कार्यमा संयोजनकारी भुमिका निर्वाह गर्नु हुने मानवसेवा आश्रमको अभिभावक साथै चितवन अन्तरास्ट्रिय युवा समोनय समितिका अध्यक्ष आदरणीय मुक्ती प्रसाद अधिकारीज्यु ,आश्रमको अभिभावक आदरणीय सिता ढकालज्यु,आदरणीय रमा पौडेलज्यु र आदरणीय प्रभा शर्माज्युहरुको गरिमामय उपस्थिति रहेको थियो।

सहयोगापेक्षी बेसहारा सडकमानवहरूको उद्दार, औषधोपचार, पारिवार खोजी गरि पारिवारिक पुनमिलनको सेवा गर्दै २०८२ साल भित्र सिँगो नेपाललाई सहयोगापेक्षी बेसहारा सडक मानवमुक्त निर्माण गर्ने प्रतिबद्दको साथ मानवीय सेवामा जुटिरहेको मानवसेवा आश्रम (मानवता प्रवर्द्दन महा अभियान) को सेवा कार्यमा पुर्याउनु भएको साथ र सहयोगको लागि अनिरुद्र सुबेदीलाई आश्रमले धन्यवाद व्यक्त गरेको छ । साथै चितवन अन्तर्राष्ट्रिय युवा समोनय समितिको सम्पुर्ण परिवारज्यु हरु प्रती धेरैधेरै साधुवाद एवं सुख शान्ति प्रगति सु–स्वास्थ्य दीर्धायुको लागि भगवान सँग धेरैधेरै प्रार्थना साथै स्व बुवा तुल्सी प्रसाद सुवेदीको आत्माको चिर शान्तिको प्राथना गरेको छ ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirty three − = thirty two