नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ !

इजरायल बिसेष

तिनजुरे अनलाइन !

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ इजरायलको १०औं वार्षिकोत्सब तथा साधारण सभा कार्यक्रम सम्पन्न भएको छ ।

इजरायलको तेलअभिब  लेबेन्स्की ९९ नयाँ विल्डिङमा गत  जुन १७ मा ‘विश्वका आदिवासी जनजाति एक हौं, आफ्नो भेषभुषा, भाषा, कला, संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गरौं’ भन्ने मुल नाराका साथ २०१२ मा स्थापित नेपाल आदिवासी जनजाति महासंघ इजरायलको १०औं वार्षिकोत्सब तथा साधारण सभा कार्यक्रम २०२२ नेपाल आदिवासी जनजाति महासंघ इजरायलका बर्तमान अध्यक्ष मिङमार शेर्पाको सभापतित्वमा सम्पन्न भएको छ  ।

उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाली राजदुतबास इजरायलका कार्यबाहक राजदुत  अर्जुन घिमिरे, विशिष्ट अतिथि संस्थापक अध्यक्ष तेन्जिङ शेर्पा, विशेष अतिथिहरुमा धर्म गुरु लामा थुप्तेन योन्जन तामाङ, गैर आवासिय नेपाली रास्ट्रीय समन्य समिती ईजरायलका प्रतिनिधि अलि महमत मिया र संरक्षक परिषदका सदस्यहरु तथा राजनितिक भातृसंगठनका अध्यक्ष तथा प्रतिनिधि, नेफिन इजरायलका सल्लाहकार, राष्ट्रिय समुदाय संस्थाका अध्यक्ष एवं प्रतिनिधि, इजरायलमा क्रियासिल सामाजिक संस्थाका अध्यक्ष एवं प्रतिनिधि लगायत मिडियाकर्मी र इजरायलमा कार्यरत आदिवासी र गैरआदिवासी नेपालीहरुको उपस्थिती प्रति नेफिन इजरायल परिवारले हार्दिक आभार सहित धन्यवाद ब्यक्त गरेको छ ।

नेफिन इजरायलको स्थापनाकाल २०१२ देखी दसौं बर्ष सम्म आइपुदा हरेक कार्यमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा साथ सहयोग पुर्याउदै आइरअनु भएका सबैमा धन्यवाद समेत दिइएको छ । साथै आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा समेत गरिएको जनाइएको छ ।

यसै गरि २०२२/२०२३ कार्यकालको लागी अध्यक्षमा निर्विरोध निर्वाचित हुने नानी माया योन्जनको तामाङको नेतृत्वमा नव–गठित कार्यसमितिले आदिवासीको पहिचान, हकहित, भेषभुषा, भाषा, लिपि, कला, धर्म, संस्कार, संस्कृति, संरक्षण, सम्वर्द्धन र संस्थाको मुल मर्म र भावनालाई आत्मासाथ गर्दै इजरायलमा स्थापित सम्पूर्ण संघ(संस्था तथा संगठनहरूसंग संस्थाको हक र हित स्थापित गर्नका लागि सहकार्य र हातेमालो गर्दै अगाडि बढने कुरामा विश्वस्त रहेको पनि नेफिन इजरायलले बताएको छ ।

नव निर्बाचित समितिको अध्यक्षमा नानीमाया योन्जन तामाङ, वरिष्ठ उपाध्यक्षमा डिक कुमार तमू चयन हुनुभएको छ भने उपाध्यक्षहरूमा क्रमशः ज्योती प्रधान, भक्त पुन मगर, छिरिङम्हेन्दो श्याङबा ह्योल्मो, ल्हेमी शेर्पा निर्वाचित भएका छन । यस्तै महासचिवमा इन्दु लावती लिम्बू, प्रथम सचिवमा जमुना थापा मगर (माया), सोनी तमूस्यो, तुलसा तुम्बाहाम्फे लिम्बु, खेन्दो ओमु ह्योल्मो, रन्जना ग्याबा तामाङ रहेका छन् । कोषाध्यक्षमा भने प्रकाश श्रेष्ठ, सह–कोषाध्यक्ष पासाङ डोमा शेर्पा रहनु रहेका छन् ।

सल्लाहकार हरूमा क्रमशः निवर्तामान अध्यक्ष मिङ्मार शेर्पा, पेमा लामा पार्खिन तामाङ, खुशी क्ल्हे तमूस्यो, कुमार आङदेम्बे (अबि) लिम्बू, स्वस्तिका श्रेष्ठ, लिला थापा मगर, समिर श्याङबा ह्योल्मो रहेका छन् भने संरक्षकहरूमा तेन्जिङ शेर्पा, सुन्दर सिंह योन्जन तामाङ, डोमा शेर्पा, निर्मला तमूस्यो, नयन इम्सोङ लिम्बू, तारा कावचा मगर, पेम्बा डोल्मा श्याङबा ह्योल्मो रहेका छन् ।

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− one = 1