दशैंलाई शाकाहारी बनाउन आग्रह सहित,चर्चित गायक श्रीकृष्ण लुइँटेल (बोके दाह्री) को “दशैँ आयो”सार्बजनिक ।

पत्रपत्रिका

दशैंलाई शाकाहारी बनाउन आग्रह सहित,चर्चित गायक श्रीकृष्ण लुइँटेल (बोके दाह्री) को “दशैँ आयो” बोलको गीत सार्बजनिक भएको छ ।

गीतमा स्वर, शब्द तथा संगीत श्रीकृष्ण लुइँटेलकै रहेको छ । सार्वजनिक गरिएको गीतको भिडियोमा कलाकारको रूपमा श्रीकृष्ण लुइँटेल र मुना प्रसाईंलगायतका अन्य कलाकार को भूमिका देख्न सकिन्छ ।

श्रीकृष्ण लुइँटेलकै निर्देशनमा तयार भएको गीतको भिडियोलाई जोनी योञ्जनले एरेन्ज गरेका हुन् । सुवास लिम्बूको छायांकन तथा सम्पादन रहेको गीतको भिडियोलाई दीपेन्द्र कटुवालले ब्यवस्थापन गरेका हुन् भने गीतमा अभिनय गरेका कलाकारहरूको शृंगार कृष्ण सुबेदीले गरेका छन् ।

उक्त गीत बोकेदारी मिडिया अफिसियलको युट्युब च्यानलमार्फत सार्बजनिक गरिएको हो ।

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

61 − = fifty five