लघुकथाकार रुद्र अधिकारी ‘निदोर्षी’काे लघुकथासङ्ग्रह ‘दृष्टि’ सार्वजनिक !

समाचार

काठमान्डौ – कथाकार रुद्र अधिकारी ‘निदोर्षी’काे ‘दृष्टि’ नामक लघुकथासङ्ग्रह सार्वजनिक भएको छ । इटहरी स्थायी घर भई हाल युकेमा रहेका कवि एवम् लेखक  ‘निर्दोषी’को पहिलो लघु कथा सङ्ग्रह हो ‘दृष्टि’ माघ २० गते शनिबार हाम्रो लघुकथा केन्द्र, नेपालको आयोजनामा लघु कथा सङ्ग्रह ‘दृष्टि’ विमोचित गरिएको थियो ।

उक्त दिन हाम्रो लघुकथा केन्द्र, नेपालले लघुकथाकार रुद्र अधिकारी ‘निदोर्षी’को ‘दृष्टि’ र इन्दिरा चापागाईंको ‘अन्त्यहीन परिधि’ लघुकथासङ्ग्रह एकैसाथ लोकार्पण गरेको हो।

रोयल ब्याङ्क्वेट तीनकुनेमा आयोजित एक कार्यक्रमका बिच वरिष्ठ साहित्यकार मोहनबहादुर कायस्थको प्रमुख आतिथ्यमा दुई लघुकथाकृतिकाे विमोचन सम्पन्न भएकाे हाे ।

केन्द्रका उपाध्यक्ष डा. शेखरकुमार श्रेष्ठको सभपतित्व रहेकाे कार्यक्रममा प्रमुख अतिथिका साथै वरिष्ठ लघुकथाकार डा. हरिप्रसाद भण्डारी, सिर्जना अभियान समाजका अध्यक्ष ध्रुव मधिकर्मी, सर्जक इन्दिरा चापागाईं र चापागाईँका गुरु लक्ष्मीप्रसाद दाहालले संयुक्त रूपमा दुई कृतिको विमोचन गरेका थिए ।

उक्त अवसरमा मनीषकुमार शर्मा ‘समित’द्वारा स्वागत मन्तव्य राखेका थिए भने विशिष्ट अतिथि डा. हरिप्रसाद भण्डारी, साहित्यकार ध्रुव मधिकर्मी तथा प्रमुख अतिथि मोहनबहादुर कायस्थले लघुकथाको मानक सिद्धान्त हुनुपर्ने कुरामाा जोड दिँदै कृतिका सर्जकहरूलाई कृति सफलताको शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रमका प्रमुख आतिथि वरिष्ठ साहित्यकार मोहनबहादुर कायस्थले राजनीतिमा हुने तिकडम र खुट्टा तान्ने प्रवृत्ति साहित्यमा नभएकाले बुढ्याैली जीवनमा लेख्न झन् हाैसिएकाे बताए।

लेखकहरूलाई बधाई तथा शुभकामना दिने क्रममा लघुकथाविद् डा. हरिप्रसाद भण्डारीले लघुकथाकाे भविष्य उज्ज्वल भएकाे बताए। उनले लघुकथालाई विधागत मान्यता नदिने समूहसितकाे लडाइँमा लघुकथाकारहरूले विजय हासिल गरेकाे बताए।

त्यस्तै सिर्जना अभियान समाजका सचिव ध्रुव मधिकर्मीले आयाेजक संस्थाकाे सक्रियताले लेखक र पाठककाे संख्या बढेकाे बताए। उनले भने, हाम्राे लघुकथा केन्द्रले प्रत्येक दिन कार्यक्रम गर्दै आएकाे छ। यस्ता कार्यक्रमले लेखक र पाठक धेरै बढाएकाे छ।

लाेकार्पणपछि स्रष्टा इन्दिरा चापागाईंले आजका दिनसम्म आफ्नाा सिर्जना रहेको र लोकार्पण पश्चात अव समाजको नासोको रुपमाा सुम्पिएकोले आफ्ना कृति लोकार्पण समारोहमा साक्षी बसिदिन उपस्थित महानुभावहरुमा धन्यवाद व्यक्त गरेकी थिइन् भने अर्का कृतिकार रुद्र अधिकारी ‘निर्दोषी’ले बेलायतको लन्डनबाट भिडियो कल मार्फत उपस्थित सबैलाई हार्दिक आभार व्यक्त गर्दै अग्रज पुस्ताको सार्थक साथ र सहयोगले आफ्ना कृति सार्वजनिकिकरणको चरणमा आइपुगेकोले पाठकहरुलाई यसमा रहेका कतिपय कमि कमजोरी औल्याईदिनु भएमा आगामी अझै परिस्कृत रुपमा क्रियाशील रहन सहयोग पुग्ने धारणा व्यक्त गरेका थिए ।

लघुकथाकार मन्दिरा चापागाईले सञ्चालन गरेको कार्यक्रममा मनीषकुमार शर्मा ‘समित’ले स्वागत मन्तव्य राखेका थिए भने विरेन मालाकार सहयात्रीले चापागाईको ‘अन्त्यहीन परिधि’ काे पहिलो प्रेम र मिसु श्रेष्ठ थपलियाले अधिकारीको ‘दृष्टि’ बाट सती लघुकथा वाचन गरेका थिए। लाेकार्पित दुवै कृति हाम्रो लघुकथा केन्द्र, नेपालले प्रकाशन गरेको हो।

कार्यक्रममा लघुकथा समाज नेपालका उपाध्यक्ष तुलसीहरि कोइराला, सदस्यहरू रामकुमार पण्डित क्षेत्री, तारा केसी, विलोमका ममता मृदुल, विनोद नेपाल, दिपक लोहनी, नमस्ते आधुनिक लघुकथा मञ्चका उपाध्यक्ष यमुना प्रधानाङ्ग, लघुकथा सौन्दर्यका संस्थापक श्रीराम राई, सुसेली साहित्यिक प्रतिष्ठानका अध्यक्ष आवेश मिश्र र शैली साहित्य समाजका अध्यक्ष मञ्जुश्री प्रधान केसी रानुकाे उपस्थित रहेकाे थियाे।

त्यस्तै साहित्यकारहरू धीरकुमार श्रेष्ठ, नानीमाया अधिकारी, सुशीला प्रधानाङ्ग, मदनकुमार पोखरेल, शेखर अर्याल, मन्दिरा मधुश्री, रामराजा केसी, ज्ञाननिष्ठ ज्ञवाली, रेहित सैंजु, कात्यायन, कृष्णप्रसाद भट्टराई, गणेश पन्थी लगायतकाे साहित्यकार एवं साहित्यानुरागीको उपस्थिति रहेकाे थियो।

कार्यक्रममा हाम्रो लघुकथा केन्द्र, नेपालअन्तर्गत मंगलबार कार्यक्रम संयुक्त वाचन लघुकथाका प्रस्तोता निर्मला बराल, कार्यक्रम आजका लघुकथाका विश्लेषक कुमुदप्रसाद शर्मा प्याकुरेल र शनिबार कार्यक्रम प्रोत्साहनका शान्ता तिम्सिना लगायत दर्जनाैकाे सहभागिता रहेकाे थियाे।

तरहराको कम्प्युटर शिक्षा क्षेत्रमा नयाँ आयाम थपेका इतिहास भएका र सामाजिक रुपमा जिम्मेवार युवाका परिचय बनाएका रुद्र अधिकारी ‘निर्दोषी’को लेख रचना यसअघि विभिन्न पत्रिपत्रिका तथा अनलाईनमा प्रकाशन भईसकेका छन् । उनले विभिन्न सामाजिक संघसंस्थामा सफल नेतृत्व समेत गरेका छन् । तरहरामा पुस्तकालय स्थापना गर्ने संस्थापक मध्येका उनी एक हुन् । हाल पनि आफ्नो गाँऊको लागि आर्थिक, भौतिक एवम् आवश्यक र आफ्नो क्षमताले भ्याएका सम्पूर्ण सहयोग गर्न तयार रहेको बताएका छन् ।

बिगत १५ बर्ष देखि लन्डनलाई आफ्नो कर्म थलो बनाएर नेपाली कला र साहित्य क्षेत्रमा अनबरत रूपमा कलम चलाउने अधिकारी ‘निर्दोषी’को पहिलो कृतिले अबश्य पनि पाठकको मन जित्ने छ ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

36 + = forty one