एनआरएनए-एनसिसी इजरायलको आयोजनामा  वक्तृत्वकला साथै शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना !

Uncategorized समाचार

तिनजुरे अनलाइन /गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसिसी) इजरायलले वडादशै तथा मोहनी नख:को  अवसरमा शुभकामना आदानप्रदान साथै इजरायलमा रहने नेपालि भासी हरुको लागी वक्तृत्वकला कार्यक्रमको आयोजना गरेको छ  !

आउदो अक्टुवर २४तारिख
बैदेशिक रोजगारीको अनुभव र नेपालमा सदुपयोगको सम्भावना” बिषय  उक्त कार्यक्रमको शीर्षक रहेको छ !

उक्त  वक्तृत्वकला प्रतियोगितामा ख्याती प्राप्त पव्लिक स्पिकर रमेश प्रसाई, नेपाली राजदूतावास इजरायलका उपनियोग  प्रमुख तथा द्वितिय सचिव अर्जुन घिमिरे र एनआरएनए इजरायलका पूर्व प्रमुख सल्लाहकार  नवराज खड्का  निर्णायक समिति रहने  आयोजनाले जानकारी दीएका छन !                                                   प्रतीयोगिताका बिजेताले प्रथम पुरस्कार १ हजार शेकेल, द्वितिय पुरस्कार ७ सय शेकेल, तृतिय पुरस्कार ५ सय शेकेल र शान्त्वना पुरस्कार स्वरुप दुई जनाले  दुई दुई सय शेकेल पाउनेछन
सहभागिताकोलागि ENTRY निशुल्क गरिएको छ! ।

प्रतियोगितामा सहभागिता जनाउनको लागि  अनलाइनबाट https://forms.gle/SFKn8sNxLK3Rjeam8 यो लिंकमा क्लिक गरी Form भरेर Submit गर्न सकिने छ ।

अघिल्ला बर्ष हरुमा बिशेष पर्बहरुमा हल मा विभिन्न कार्यक्रम  गरि मनाइने भए यो पटक कोरोनाको प्रभाबले जुम अनलाइन मार्फत कार्यक्रम गर्न लागीएको कार्य बाहक अध्यक्ष गणेश गिरिले जानकारी दिएका छन !

बाकी पुर्ण जानकारी

 

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ fifty nine = sixty one