एनआरएनए एनसिसी इजरायलको आयोजनामा स्वास्थ्य परामर्श कार्यक्रम को आयोजना

इजरायल बिसेष

तिनजुरे अनलाइन / एनआरएनए एनसिसी इजरायलले नेपालीहरुको दोस्रो ठूलो चाड तिहार, म्ह: पुजा, वलिहाङ तङ्नाम र छठ पर्वको अवसर पारी वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कपिलमणी केसीलाई आमन्त्रण गरी जुम भर्चुअल अनलाइन मार्फत स्वास्थ्य परामर्श (ORTHOPEDIC HEALTH COUNSELING) कार्यक्रमको आयोजना गरेको छ !

आउदो १५ नोभेम्वर आइतवार इजरायलको  समय १२:३० बजे  सिभिल सर्भिस हस्पिटलका बरिष्ठ चिकित्सक  कपिलमणी केसीले यहाँको कामको प्रकृति अनुरुप आफ्नो स्वास्थ्यलाई असर नपर्ने गरी कसरी काम गर्ने भन्ने विषयमा प्रस्तुतीकरण गर्ने, स्वास्थ्य परामर्श दिने  लगायतका सेवाहरु सहितको कार्यक्रम तय गरिएको आयोजकले जानकारी दिएका छन् ।

कोरोनाको कारण प्रत्यक्ष उपस्थित भएर कार्यक्रम गर्न नसकिने अवस्था रहेकाले जुम एप्लिकेसन मार्फत आयोजना गर्न लागिएको र जुम आइडी 2019081020 मार्फत सहभागी हुन सकिने आयोजकले जानकारी दिएका छन !

उक्त कार्यक्रममा इजरायलमा स्थापित विभिन्न संघ संस्था, मिडियाकर्मी, समाजसेवी बुद्धिजिबि साथै सम्पुर्ण इजरायलमा कार्यरत नेपालीहरुलाई सहभागिताको लागि हार्दिक आमन्त्रण समेत गरिएको छ ।

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + two =