सुनिता राई कन्दङवाको “तिउरि कथा-संग्रह” इजरायलमा !

समाचार

तिनजुरे अनलाइन !

कथाकार सुनिता राई कन्दङवाको तिउरि
कथा-संग्रह” अब इजरायलमा समेत पढ्न पाइने भएको छ !

नेपाली साहित्यको क्षेत्रमा निरन्तर अघि  बडिरहेकी सुनिताको  ओखलढुंगामा जन्म भइ तेह्रथुम कर्मघर रहेको र लामो समय देखी इजरायलमा कार्यरत रहि   विभिन्न कथा संग्रह प्रकासित गर्दै आएकी छन !

कथा लघु कथा, निबन्ध, कविता, गजल, मुक्तक , लेखनमा कलम चलाउन सुनिताको २०७५ सालमा “एक जुवा घाम” नामक पहिलो कथा सङ्ग्रह प्रकासित  भएको थियो !

त्यस्तै  दोस्रो कृति कथा सङ्ग्रह ‘तिउरी’   २०७९   वैशाख ३गते  लोकार्पण भएको हो ! तिउरि कथा सङ्ग्रह भित्र तिउरि ,प्रियलाइ पत्र, सुनाखरि,वेरेद, श्रद्धाञ्जली, विवस युवक, त्यो पुस्तक जुनले मेरो ज्यान बचायो , देउताले पुर्‍यायो बेश्यालय,तारा, आयाम, बिना गल्तिको माफी,बेलि , बिस्नुमति, लगायतका कथा रहेको सुनिता राईले जानकारी दीएकी छन !

प्रवासको कामको ब्यस्तता सङै विभिन्न संघ संस्थामा आबद्ध उनलाई राष्ट्रिय
बिभुती भानुभक्त आचार्य प्रसंशा पत्र तथा स्वर्ण पदक, प्रवासमा रहेर नेपाली साहित्यमा सेवा पुर्याएको भन्दै आदिबासि जनजाती महासंघ इजरायलद्वारा सम्मान समेत गरेको थियो !

कथाकार सुनिताद्वारा लिखित कथा सङ्ग्रह इजरायलमा प्राप्त गर्न rsunita [email protected] सम्पर्क गर्न सकिने बताइएको छ !

 

 

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 6 =