प्रवासी नेपाली एकता मंच अन्तरास्ट्रीय कमिटीको आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीले जुम मार्फत नयाँ वर्षको शुभकामना दिने !

समाचार

तिनजुरे अनलाइन !
नेकपा (एमाले) प्रवास संगठन प्रवासी नेपाली एकता मंच अन्तरास्ट्रीय कमिटीको आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीले जुम मार्फत नयाँ वर्षको २०७८शुभकामना दिने भएका छन !

आउदो अप्रिल १४ तारिख बैशाख १ गते नेपाली समय अनुसार दिउँसो ठिक ५ वजे प्रवासमा रहेका सम्पुर्ण नेपालीहरु लाइ सुभकामना दिने कार्यक्रम रहेको प्रवासी नेपाली एकता मंच इजरायलका अध्यक्ष तिर्थ गौतमले जानकारी दिएका छन !

उक्त कार्यक्रममा इजरायलमा क्रियासील राजनीतिक संगठन ,सामाजिक संघ संस्था, धार्मिक संस्था ,जातीय क्षेत्रीय संघ संस्था एनआरएन इजरायल सम्बद्ध सम्पूर्ण महानुभाबहरुलाई तथा नेकपा (एमाले )समर्थक, शुभचिन्तक र शुभेच्छुक व्यक्तित्वहरु साथै पत्रकार लगायत सम्पुर्ण नेपाली दाजुभाई तथा दीदीबहिनीहरुलाइ नेपाली नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागिताको लागि प्रवासी नेपाली एकता मंच इजरायले हार्दिक निमन्त्रणा समेत गरेको छ !

यो लिङ्क देखी जोडिन सकिने छ !
Zoom Link:
https://us02web.zoom.us/j/81440228298…
Meeting ID: 814 4022 8298
Passcode: 2021

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 60 = sixty eight