किराँत याक्थुङ चुम्लुङ इजरायलको  छैटौं साधारण सभा सम्पन्न  अध्यक्षमा   नुमा काङ्भा बोखिम !

इजरायल बिसेष

तिनजुरे अनलाइन !
भेषभुषा, भाषा, लिपि, कला, संस्कार संस्कृतिको जगेर्ना को निम्ति  स्थापना भएको  किरात याक्थुङ चुम्लुङ इजरायलको आठौँ बार्षिकोत्सव तथा छैटौं साधारण सभाले  नुमा काङ्भा बोखिमलाई चयन गरेको छ !

गत  अप्रिल १३ मा किराँत याक्थुङ चुम्लुङ इजरायलका निवर्तमान अध्यक्ष  कुमार आङ्देम्बे अबि को सभापतित्व नेपाली राजदुतावास इजरायकी राजदुत       डा. अन्जान शाक्यको  प्रमुख आतिथ्य, किरात याक्थुङ चुम्लुङ केन्द्रकाे विशिष्ट आतिथ्य साथै विभिन्न देशका  सम्पुर्ण चुम्लुङहरू र स्थानिय विभिन्न संघ संस्थाहरूकाे विशेष आतिथ्य रहेको जुम भर्चुअल भब्य कार्यक्रमले समाजसेवि बोखिमलाई चयन गरेको हो !

हरेक बर्ष नेपाल देखि आमन्त्रित  राष्ट्रिय कलाकारको साथ भब्य साङगीतिक कार्यक्रमका साथ सम्पन्न गरिने कार्यक्रम यस बर्ष भने कोभिड -१९, महामारीको कारण प्रत्यक्ष भेला भएर गर्न सम्भव नभएकोले अनलाइन जुम भर्चुअल मार्फत सम्पन्न गरिएको हो !

किरात याक्थुङ चुम्लुङ इजरायलकाे  आठौँ बार्षिकोत्सव तथा  छैठौं साधारण सभा बाट  नुमा काङभा बोखिमको अध्यक्षतामा २०२१देखी २०२३ दुई बर्ष सम्मको लागि  निर्विराेध निर्वाचित १५ सदस्सीय समिती गठन भएको छ !

अध्यक्ष- नुमा काङभा लिम्बु बरिष्ठ उपाध्यक्ष- राज लिम्बु उपाध्यक्ष- कन्चन काङभा लिम्बु उपाध्यक्ष – खुमा लिम्बु उपाध्यक्ष – वसन वनेम लिम्बु महासचिव – सुदिप आङबुहाङ सचिव – तुलसा तुम्बाहाङफे काेष अध्यक्ष- कमला सेनेहाङ सह कोषाध्यक्ष – संगीता आङथुपाे सदस्य – सोमना लिम्बु सदस्य – यमुना लावती सदस्य – दिपा लिम्बु सदस्य- दुर्गापूजा मेयाङबाे  सदस्य – सकुन राई थक्लुङ सदस्य – चारूहाङ याेङहाङ
सल्लाहाकार समिति प्रमुख सल्लाहाकार – कुमार आङदेम्बे (अबि) सल्लाहाकार – जया चेम्जाेङ रहेका छन !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten ÷ 2 =