अन्तराष्ट्रिय कलाकार मंच इजरायल शाखाद्वारा एक लाख पैतालिस हजार बराबरको सामग्री हस्तान्तरण !

समाचार

तेल अबिब इजरायल !कला संस्कृति को जगेर्नाको निम्ति स्थापना भएको अन्तराष्ट्रिय कलाकार मंच इजरायल शाखाद्वारा एक लाख पैतालिस हजार बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ !

माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको रंगेली अस्पताल लाई  कोरोना महामारिको समयमा अक्सिजन उत्पादन गर्ने १ लाख पैतालिस हजार बराबरको एक थान OXYGENCONCENTRATORहस्तान्तरण गरिएको अध्यक्ष अनिल सिंह राजपुतले जानकारी दिएका छन !

गत हप्ता उक्त अस्पताल नगर प्रमुख दिलिप बगडिया, कार्यकारी अधिकृत टाेम  सुवेदी , ईश्वरी पराजुली, कैलाश श्रेष्ठ, पुर्साेतम काफ्ले लगायतको उपस्थितिमा उक्त सामाग्री हस्तान्तरण गरिएको पुर्ब अध्यक्ष तथा बर्तमान प्रमुख सल्लाहकार कादम्बरि दाना श्रेष्ठले तिनजुरे अनलाईन लाई जानकारी दीएकी छन !

बिदेशी भुमिमा रहेर समेत आफ्नो जन्म स्थानकाे माया गरेर काेराेनाकाे माहामारी काे समयमा सहयोग गरेको मा अन्तर्राष्ट्रिय कलाकार मञ्च का अध्यक्ष लगायत सबैलाई नगर प्रमुखले धन्यवाद  साथै आभार प्रकट गरेका छन !

कलाकार मंन्चले कला संस्कृतिको जगेर्ना सङै नेपालमा भई परि आउने समस्यालाइ सहयोग गर्दै विभिन्न सामाजिक कार्य गर्दै आएको छ !

बैदेशिक रोजगारको सिलशिलामा इजरायलमा रहेका नेपालीहरु ले नेपाली कला, संस्कृति, भाषा, साहित्यको साथै गीत-संगीतको संरक्षण र सम्वर्द्धन गर्ने उदेश्य ले  २०१२ मा स्थापना गरिएको हो !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + = ten